कमल ५ र ६ मा महासंंघ

हाम्रो दमक

लखनपुर,२१ मंसिर ।  नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँपालिकाको वडा नम्बर ५ र ६ मा वडास्तरिय समिति गठन गरिएको छ ।
ती दुवैं वडाको बुधबार मंगलवारेमा सम्पन्न संयुक्त भेलाले महासंघको वडा कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । वडा नम्बर ५ को अध्यक्षमा मोहनलाल राजवंशी चुनिए भने ६ को अध्यक्षमा कविन्द्र गुरुङ्ग चुनिएका छन् ।
वडा नम्बर ५ को गठित ११ सदस्यीय वडा कार्यसमितिको उपाध्यक्षमा शुरेस माझी,सचिवमा वविन आङ्गदेम्बे,सहसचिवद्धयमा दिलकुमारी गुरुङ्ग,सुफल हास्दा र कोषाध्यक्षमा पुरण राई चुनिएका छन् । त्यस्तै सदस्यहरुमा विष्णुमाया धिमाल,हुसेन मेचे,शान्ता देवान,सन्तोष सुनुवार र कल्पना मगर रहेकी छिन्।
यसैगरि, वडा नम्बर ६ को गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा लालबहादुर धिमाल, सचिवमा प्रभुराज राई र कोषाध्यक्षमा कालीवहादुर तामाङ्गलगायत रहेका छन् । त्यस्तै, सदस्यहरुमा दिपा चौधरी,प्रेमकुमारी ताजपुरिया,भागना राजवंशी,दिनानाथ लिम्बु,देवेन्द माझी,चन्द्रबहादुर मेचे,विना मगर र कजुनमणी सन्थाल रहेका छन् ।
आदिवासी जनजातिका अगुवा लालबहादुर काउछाको अध्यक्षतामा सम्पन्न भेलामा महासंघ गाँउपालिका अध्यक्ष छत्रहाङ्ग फागोको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा महासंघ गाँउपालिकाका उपाध्यक्षद्धय अक्कलबहादुर गुरुङ्ग ,लालबहादुर सुनुवार लगायत विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । महासंघलाई शसक्त वनाउन कललका ७ वटै वडामा वडास्तरिय समिति समेत धमाधम गठन भईरहेको अध्यक्ष फागोले वताएका छन् ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...