प्रहरीसँग मिलेर रकम असुल्ने बिचौलिया मरासैनी पक्राउ

हाम्रो दमक

शम्भु दाहाल

झापा । राष्ट्रसेवक कर्मचारीलाई अभद्र व्यवहार गर्न उक्साएको अभियोगमा प्रहरीले झापाको मेचीनगर—१३ का श्रीराम मरासैनीलाई पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका झापाको मेचीनगर—१३, बालुबाडीका यादव भट्टराई छुटाउन सेटिङ मिलाएको भन्दै प्रहरी चौकी चारआलीका इन्चार्ज असई उत्तम कुमार कार्कीले स्थानीय मरासैनीको सहयोगमा बर्दीमै भट्टराईको घरमा पुगेर अवैध असुली गरेका थिए ।

सो प्रकरण सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली बनाएको थियो । टोलीको प्रारम्भिक अनुसन्धानमा कार्कीको संम्लग्नता देखिएकाले तत्काल निलम्बन गरिएको र मरासैनीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक श्रेष्ठले बताए । मरासैनीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

घुस प्रकरणमा इलाका प्रहरी कार्यालय बिर्तामोडका सई उत्तम कार्की लगायत अन्यको संलग्नताका बारेमा समेत तथ्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानबिन टोलीको अनुसन्धानपश्चात् प्राप्त प्रतिवेदनका आधारमा संलग्नलाई थप कारवाहीको प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले बताए ।

बिहि, मंसिर २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...