दमक वजारको सडक एकतर्फी बनाईदै

आगामी मंसिर २३ गते देखि जेसीज मार्गलाई एकतर्फी बनाउने र मालबाहक ट्रकलाई बजार पस्न निषेध गरिने योजना कार्यान्वयनमा ल्याईने

हाम्रो दमक

दमक,२१ मंसिर । दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनका लागी बजार प्रवेश मार्ग अव एकतर्फी बनाईने भएको छ ।दमकको मुख्य चौंकबाट बजारतर्फ जाने सडकमा दैनिक ट्राफिक जाम हुन थालेपछि वजार क्षेत्र आवगमनलाई सहज बनाउन एकतर्फी बाटो बनाउन लागिएको हो ।

दमकको मुख्य चौंक
यसअघि दमक चौकदेखि वजार प्रवेशद्धार एकतर्फी आउजाउ गरिएपनि कार्यान्वयन प्रभावकारी हुन सकेको थिएन् । एकतर्फी सडक नहुदाँ वजार प्रवेशमा ट्राफिक समस्या बन्दैआएको छ ।
ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार वजार प्रवेश गर्ने सडकहरुमा सवारीको चाप धेरै भएकाले ट्राफिक व्यवस्थापन सहज बनाउन एकतर्फी बनाउन लागिएको छ । हाललाई जेसीज चौकहुदै उत्तर शंखधर साख्वा चौक सडकलाई एकतर्फी बनाईएको उनले जानकारी दिए ।
जेसीजचौकबाट बजार प्रवेश गर्ने सवारीसाधन जान पाउने तर सोहि मार्गबाट फर्किन नपाउने नियम बनाईएको दमकमा साना सवारी साधन पार्किङ अध्ययन तथा पहिचान समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष पशुपतिराज गौतमले जानकारी दिए ।
सो मार्ग भएर बजार जाने सवारी साधनहरु थानालाईन तथा बेलडाँगी रोडबाट फर्किनु पर्ने पनि उनले बताए । त्यस्तै सोही मार्गमा पार्किङ गर्ने सवारी साधनलाई बाटोको पश्चिम पट्टि मात्रै पार्किङ गर्न पाउने व्यवस्था मिलाईएको उनले जनाएका छन् ।
त्यसैगरी ठुला सवारी साधन मालबाहक ट्रकहरुलाई भने बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म बजार पस्न निषेध गरिएको पनि उनले जानकारी दिए ।

आगामी मंसिर २३ गते देखि जेसीज मार्गलाई एकतर्फी बनाउने र मालबाहक ट्रकलाई बजार पस्न निषेध गरिने योजना कार्यान्वयनमा ल्याईने वडाध्यक्ष गौतमले बताए । नियम कडाईका कार्यान्वयन गरिने तथा नियम उल्लंङ्गघन गर्ने जोकोहीलाई पनि नियमानुसार कारबाही गरिने संयोजक गौतमले जानकारी दिए ।

बिहि, मंसिर २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

सामान्य वर्षापनि डुब्छ दमकको हिमशिखर टोल

दमक । झापाको दमक ५ स्थित हिमशिखर टोल विकाश संस्था सामान्य बर्षामा पनि डुबान पर्ने गरेको छ । दमकक्षेत्र कै आवासकालागि उपयुक्त मानिएको हरिओम कोलेनी क्षेत्र अन्र्तगतको यो टोल विकाश संस्था सामान्य बर्षामा समेत...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

दमक ब. क्याम्पसको प्रमुखमा डा. बुढाथोकी

दमक,५ साउन । यहाँस्थित दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिको आज आइतबार बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी...

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...