कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताहरु आन्दोलित

उपभोक्ताहरुको सो भेलामा सहभागिहरुले लामो समयदेखि सडक कालोपत्रेका लागि भन्दै केर्खा बजारनै अस्तव्यस्त हुने गरि त्यहाँका संरचनाहरु भत्काएर, बाटोमा धुलो उडाउने काम भएको भन्दै सडक कालोपत्रे गर्न ठेक्का समेत लागिसकेको अवस्थामा वेवारिसे योजना जस्तै बनाएको बताए ।

हाम्रो दमक

केर्खा,१९ मंसिर । बर्ष दिन वितिसक्दा पनि झापाको कमल गाँउपालिका ३ केर्खाबाट क्याम्पा –सराङपाडा हुँदै महाभारा जोड्ने १७ किलोमिटर लामो सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताहरु आन्दोलित बनेका छन् ।

भेलामा स्थानीय उपभोक्ताहरु

नेपाली कांग्रेसका तोपगाछी गाउँ सभापति खगेन्द्र भण्डारीले एक बर्ष अघि नै सो सडक कालोपत्रेका लागि जिल्ला प्राविधिक कार्यालय झापाले साह जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको भएपनि हाल सम्म क्याम्पा बजार आसपासको करीब ३ किलोमिटर सडकमा ग्राभेल गर्ने बाहेक कुनै काम नभएको बताए । उनका अनुसार १७ किलोमिटर लामो सो सडक कालोपत्रेका लागि न्यूनतम लागत १८ करोड ९० लाख रुपैयाँमा ठेक्का आव्हान भएको र निर्माण कम्पनीले १४ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

केर्खा बजारमा स्थानीय उपभोक्ताहरुको प्रतिनिधिमुलक एक भेलाले बुधबार सडक निर्माणका लागि दबाबमुलक आन्दोलन परिचलान समिति समेत गठन गरेको छ ।
भेलाले रामचन्द्र बरालको संयोजकत्वमा २१ सदस्यीय सडक निर्माणका लागि दबाब तथा आन्दोलन परिचालन समिति गठन गरेको हो । उपभोक्ताहरुको सो भेलामा सहभागिहरुले लामो समयदेखि सडक कालोपत्रेका लागि भन्दै केर्खा बजारनै अस्तव्यस्त हुने गरि त्यहाँका संरचनाहरु भत्काएर, बाटोमा धुलो उडाउने काम भएको भन्दै सडक कालोपत्रे गर्न ठेक्का समेत लागिसकेको अवस्थामा वेवारिसे योजना जस्तै बनाएको बताए ।
स्थानीय सडक उपभोक्ता एवम् अगुवा मोहन श्रेष्ठले निर्माण कम्पनीको हेलचेक्र्याइँ विरुद्ध उपभोक्ताहरु संगठित भई दबाबमुलक कार्यक्रम सञ्चालन गर्नुको विकल्प नभएको बताए ।नेपाली कांग्रेसका तोपगाछी गाउँ सभापति खगेन्द्र भण्डारीले एक बर्ष अघि नै सो सडक कालोपत्रेका लागि जिल्ला प्राविधिक कार्यालय झापाले साह जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको भएपनि हाल सम्म क्याम्पा बजार आसपासको करीब ३ किलोमिटर सडकमा ग्राभेल गर्ने बाहेक कुनै काम नभएको बताए । उनका अनुसार १७ किलोमिटर लामो सो सडक कालोपत्रेका लागि न्यूनतम लागत १८ करोड ९० लाख रुपैयाँमा ठेक्का आव्हान भएको र निर्माण कम्पनीले १४ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । तर सम्झौता अनुसार सडक कालोपत्रेका लागि आधारभुत काम समेत शुरु नहुँदा स्थानीयबासीहरु सडकको धुलोका कारण दिनदिनै विरामी पर्न थालेको केरखा बजारका स्थानीयबासी योगेश सुवेदीले बताए ।
उपभोक्ता भेलामा सहभागि नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव समेत रहेका कमल ६ का धर्मानन्द भट्टराईले ठेक्का सम्झौता गरेर पनि कालोपत्रेको लागि काम नभएको प्रति स्थानीय सरकार समेत मौन बस्नु रहस्यमयी भएको बताए ।
भयो । उहाँले स्थानीय उपभोक्ताहरुले सरकारलाई सडक निर्माणमा खबरदारी गर्दै गर्ने न्यायोचित आन्दोलनमा कांग्रेसले नैतिक समर्थन जनाउने उद्घोष गरेका थिए ।

बुध, मंसिर १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...