दृष्ट्रिविहीन विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

संयोजककी छोरी माङ्गेनाको जन्म दिनको अवसर पारेर मंगलवार विद्यालयमा पुगेर संस्थाले ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

हाम्रो दमक

दमक,१८ मंसिर । यहाँस्थित सुन्दर समाज नेपाल नामक संस्थाले दमकका दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण गरेको छ ।

लत्ताकपडा हस्तान्तरण गरिएपछि सामूहिक तस्वीर खिचाउदै

दमकको सरस्वती माविमा अध्ययनरत १४ जना दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गर्नुका साथैं खाद्य सामाग्रीहरु समेत प्रदान गरिएको संस्थाकी संयोजक रुपा सेलिङ्गले वताइन् । संयोजककी छोरी माङ्गेनाको जन्म दिनको अवसर पारेर मंगलवार विद्यालयमा पुगेर संस्थाले ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
आवासीय रुपमा अध्ययनरत ती विपन्न विद्यार्थीहरुलाई जाडोमा उपयोगी हुने ट्रयाक सुटसहित चामल,दाल,भुजा लगायतका खाद्य सामाग्रीहरु वितरण गरिएको संस्थाकी सचिव गंगा ढकालले वताइन् ।

संस्थाकी कार्यसमिति सदस्यहरु

संस्थाकी सदस्य लक्की सिटौलाले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा संस्थाकी संयोजक सेलिङ्ग, विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल,पत्रकार अनिलदेव राई लगायतले कार्यक्रमको महत्वमाथि चर्चा गरेका थिए ।
दमकका सामाजिक तथा व्यवसायीक क्षेत्रमा क्रियाशील महिलाहरुले केहि महिना अघि स्थापना गरेको सो संस्थाले महिला शसक्तीकरणसंगै विभिन्न मानवीय कार्यहरु गर्ने लक्ष्य रहेको संयोजक सेलिङ्गले वताइन् । उक्त संस्थाको कार्यसमितिको उपसंयोजकमा जमुना शेर्मा राई, सचिवमा गंगा ढकाल, सहसचिवमा मनु साङपाङ र कोषाध्यक्षमा झरना लक्सम रहेकी छन् ।
त्यस्तै, सदस्यहरुमा शोभा भुजेल, बिन्दु सिटौला, अनु ताजपुरिया, लिला धिताल,खनिमाया श्रेष्ठ, लक्की सटौला र बिमला जोशी रहेकी छिन् ।

मङ्ल, मंसिर १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

जथाभावी शाखा सडकले दुर्घटनाको जोखिम

दमक,२७ फागुन। झापामा पूर्वपश्चिम लोकराजमार्गसंग जोड्ने शाखा सडकहरु खुल्ने क्रम बढेसंगै दुर्घटना समेत बढ्दै गएको छ । घडेरी व्यापारी र सर्वसाधारणले समेत आफ्नो घर जग्गासम्म पुग्न सहजताका लागि जथाभावी छोटो छोटो दुरीमै सडक खन्नाले...