आमाको स्मृतिमा लाईव्रेरीलाई पुस्तक

२०६९ सालमा स्थापित लाईव्रेरीमा विभिन्न दाताहरुबाट उपलब्ध गरिएका हाल करिव ८ हजार थान विभिन्न किसिमका स्वदेशी तथा विदेशी पुस्तकहरु संग्रहीत छन् ।

हाम्रो दमक

दमक,१८ मंसिर । आफना दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा मंगलवार यहाँका एक जना दाताले स्थानीय दमक पव्लिक लाइव्रेरीलाई रु २० हजार मूल्य बराबरका पुस्तकहरु दिएका छन् ।

पुस्तक खरिद रकमको चेक हस्तान्तरण गरिदै

दमक– ६ निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व गगन पुरीले लाईव्रेरीलाई पुस्तक खरिदका लागि उक्त सहयोग दिएका हुन् । लाईव्रेरीमा एक कार्यक्रमका बीच पुस्तक दाता पुरीसहित धर्मपत्नी सिमा र दाजु देवकुमारले पुस्तक खरिदका लागि रु २० हजारको चेक लाईव्रेरीका उपाध्यक्ष जीवन सापकोटालाई हस्तान्तरण गरे ।यसअघि समेत दाता पुरीले दमक बहुमुखी क्याम्पसमा समेत आमाको स्मृतिमा रु १ लाख ५० हजार रुपैया राशीको अक्षय कोष समेत स्थापना गरेका थिए ।
दाता पुरीबाट उपलब्ध उक्त रकमबाट लाईव्रेरीमा आवश्यक पर्ने पुस्तकहरु खरिद गरिने उपाध्यक्ष सापकोटाले बताए । उनका अनुसार २०६९ सालमा स्थापित लाईव्रेरीमा विभिन्न दाताहरुबाट उपलब्ध गरिएका हाल करिव ८ हजार थान विभिन्न किसिमका स्वदेशी तथा विदेशी पुस्तकहरु संग्रहीत छन् ।
दमक –८ स्थित उक्त लाईव्रेरीमा विभिन्न उमेर समूहका दैनिक ५० जना बढी सर्वसाधारणहरुले नियमित पुस्तक,पत्रपत्रिकाहरु अध्ययन गरिआएका लाईव्रेरीका सदस्य भरत चम्लागाईले बताए । त्यस्तै, लाइव्रेरीबाट ५ सय थान पुस्तकहरु घरमा लगेर अध्ययन गरिरहेका छन् ।
त्यसैगरि पठनीय संस्कृतिको विकास गर्न लाइव्रेरीले दमकबाहेक झापाको विर्तामोडमा समेत शाखाका रुपमा लाईव्रेरी सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।
लाइव्रेरीलाई थप अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्न समेत आवश्यक जग्गा, पूर्वाधार लगायतका व्यवस्थापकीय कार्य जुटाउन समेत शुरु गरिएको अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।

मङ्ल, मंसिर १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

मोटरसाईकल ठक्करवाट मृत्यु

दमक ,१ चैत । यात्रुवहाक वसको ठक्करवाट झापाको कमल गाँउपालिका ४ स्थित चुलाचुली मोडमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्युभएको छ । मृत्युहुनेमा झापा, दमक ५ का ३२ बर्षिय जीवन लिम्बु रहेको इलाका प्रहरी...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

विद्युत चुहिएर दुई मजदुर घाईते

दमक ,१ चैत । विद्युत चुहिएर झापाको दमकको शुक्रवार विहान दुई जना मजदुर सख्त घाईतेभएका छन् । दमक ६ स्थित लाइफलाइन अस्पताल अगाडि बिद्युतको काम गर्दै आएका मजदुर ट्रान्समिटरको तारमा एक्कासी विद्युत चुहिदाँ जिल्ला ओखलढुंगा...

शिवसताक्षीमा सोलार प्लान्ट सञ्चालनमा आउने

झिलझिले,३० फागुन । मुलुकले भोगिरहेको उर्जा संकटलाई मध्यनजर गर्दै झापाको शिवसताक्षीमा सोलर पावरद्वारा विद्युत उत्पादन गरिने भएको छ । झापा ईनर्जी लिमिटेडले शिवसताक्षी ४ स्थित बुलु चोकमा ८७ करोडको लागतमा १० मेघावट क्षमताको सोलार...