बालबालिकामा वातावरणको असर

गङ्गाराम गड्तौला

गङ्गाराम गड्तौला

     गङ्गाराम गड्तौला

बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । सोचेअनुरूपको पढी दिएनन् । पढाइमा रुचि छैन । भनेको मान्दैन । शिक्षकका नजरमा विद्यार्थी बिग्रिए । अनुशासन छैन । नैतिकता छैन । राम्ररी पढेन । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुलिए । आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । विद्यार्थी पनि छन् । तर शिक्षा छैन । अभिभावक भन्छन् — शिक्षकले पढाएनन् । शिक्षक भन्छन् — अभिभावकले संस्कार दिएनन् । दुवैको पन्छिने कुरा । मारमा बालबालिका ।

बालबालिका आफैँ बिग्रिँदैनन् । बिग्रनु र सप्रनुको ज्ञान उनीहरूमा हुँदैन । उनीहरू सिक्छन् — जे देख्छन् । उनीहरू सिक्छन् — जे हामी गर्छौं । हामीले भनेका कुरा त राम्रा छन् । त्यो चाहिँ उनीहरूले सुनेको कुरा । हामीले गर्ने व्यवहार कस्तो छ ? त्यो उनीहरूले देखेको कुरा । हामीबाट उनीहरूले के पाएका छन् ? त्यो उनीहरूले भोगेको कुरा । मानव मस्तिष्कले सुनेको कुरा चाँडै बिर्सन्छ । देखेको कुरा अलि लामो समय सम्झन्छ । भोगेको कुरा चिरस्थायी हुन्छ ।

अभिभावकले आदेश सुनाउँछाँै । शिक्षकले आदर्श सुनाउँछौँ । पढाइका क्रममा हामी बालबालिकालाई सुनाइरहेका छौँ । पट्यारलाग्दा कुरा । व्यावहारिक छैन । कथाजस्तो ‘इन्ट्रेस्टिङ’ पनि छैन । विषयवस्तुलाई कथा बनाएर पढाऔँ । रुचि जाग्छ । बालबालिका भाषण सुन्न चाहँदैनन् । त्यसमा मज्जा छैन । विषयवस्तुलाई कथा बनाएर एक दिन पढाइ हेरौँ । त्यो दिन हाम्रा लागि शैक्षिक जीवनको अविस्मरणीय हुनेछ । सुन्न सक्ने समय कति हो ? कसैले दर्शन, विचार वा आदर्शका विषयमा दिएको भाषण सुन्ने क्षमता मानिसमा कति हुन्छ ? बढीमा १२ मिनेट वयस्कमा । सात मिनेट बालकमा । यसको अर्थ भाषण विधि काम लाग्दैन । शिक्षकले बुझ्नुपर्ने ।

हाम्रो समाज आदेशमुखी छ । सानालाई ठुलाले आदेश दिने । सानाले केही जानेको छैन । उसका सबै कुरा गलत । हाम्रा सबै कुरा ठिक । यही आदर्शले हामीलाई निर्देशित गरेको छ । यही आदर्शको अनुकरण हामी गर्छौं । केटाकेटीलाई ‘तँ’ भनेर सम्बोधन गर्छौं । ऊबाट आफूलाई ‘तपाईं’ भनाउँछौँ । आफू सम्मान चाहने, अरूलाई सम्मान नगर्ने । ‘आफू सम्मान चाहनेले पहिले अरूको सम्मान गर्न सिक्नुपर्छ’ भनाइ ठिक छ । तर गराई ? अभिभावकबाट नानीहरूले संस्कार सिक्छन् । संस्कार अरूले सिकाउने होइन । बालक अभिभावकसँग कुरा गर्न चाहन्छ । कुरा गर्न समय दिऔँ । ऊ मन फुकाएर बाबुआमासित कुरा गर्न चाहन्छ । साथमै रहेर पनि बाबुआमाले आफूलाई समय नदिएपछि बालबालिका निराश हुन्छन् ।

केटाकेटी ठानेर उनीहरूका अगाडि झुटो नबोलौँ । फोनमा कुरा गर्दा सत्य बोलौँ । घरमै भएको मान्छे ‘बिर्तामोड वा काठमाडौँ गएको छु’ नभनौँ । खराब लत छ भने भरसक त्यागौँ । सकिँदैन भने उनीहरूका अगाडि त्यस्तो लत नदेखाऔँ । अर्थात् चुरोट, खैनी, पराग, रक्सी आदि खाने बानी छ भने यथाशक्य बालबालिकाको अगाडि प्रयोग नगरौँ । उसको सम्मानमा ठोस नर्पुयाऔँ । बालक भए पनि उसको आत्मसम्मान हुन्छ । ‘केटाकेटीलाई किन चाहियो ?’ नभनौँ । उनीहरू जिज्ञासु हुन्छन् । प्रत्येक जिज्ञासाको सकारात्मक समाधान दिने प्रयास गरौँ । विकसित राष्ट्रमा बालकलाई ‘नगर’ भन्नु हुन्न रे । त्यो नकारात्मक भयो । सकारात्मक सिकाऔँ । उदाहरणका लागि बालक कतै जान लाग्यो । हामी भन्छौँ — त्यता नजा वा त्यता नजाऊ । यसैलाई सकारात्मक बनाउँदा कतै जान लागेको बालकलाई यता आऊ भनेर आफूतर्फ आकर्षित गर्दा सकारात्मक प्रभाव पर्छ रे । विज्ञका कुरा । अभिभावकले बुझ्नुपर्ने ।

हामी कक्षामा हल्ला नगर भन्छौँ । हल्ला नगर्ने वातावरण बनाइ दिँदैनौँ । कक्षामा नाच्न लगाऔँ, नाच्छ । गाउन लगाऔँ, गाउँछ । चुट्किला सुनाऔँ, हाँस्छ । कथा सुनाऔँ, ध्यान दिएर सुन्छ । उसको आफ्नो बारेमा बोल्न लगाऔँ, बोल्छ । परिवार, छरछिमेक, नातागोता, आमाबाबाको बारेमा भन्न लगाऔँ, भन्छ । अनि आफूतर्फ आकर्षित गरेर पढाइ सुरु गराँै, मान्छ । हल्ला गर्दैन ।

पढाइलाई समूहमा गराऔँ । सबैलाई व्यस्त राख्ने प्रयत्न गरौँ । एकपछि अर्कोको पालो आउँछ र आफूले अरूलाई ध्यान दिनुपर्छ भन्ने हेक्का जगाऔँ । अर्काको सम्मान गर्ने बानी बसालौँ । नानीहरूलाई तपाईं भनेर सम्बोधन गर्नेबित्तिकै आधा समस्या समाधान हुन्छ । विषयवस्तुलाई रोचक बनाएपछि शतप्रतिशत समाधान हुन्छ । विधिका कुरा छन् । प्रविधिका कुरा छन् । अहिले अमेरिकाको विधि नेपालमा प्रयोग गर्न सकिन्छ । त्यताको प्रविधि पनि प्रयोग गर्न सकिन्छ । केवल सिर्जनशील बन्न आवश्यक छ । कसरी हुन्छ, कक्षालाई रमाइलो बनाउने प्रयत्न गरौँ । बालकहरू सामाजिक हुन्छन् । तिनको सामाजिकता र बाल्यकाल ध्वस्त नपारौँ । तर इनारमा फसेको मान्छे निकाल्न इनारमै पस्नु आवश्यक छ । यस कुरालाई मनन गरौँ । हामी ३५-४० वर्षका मानिसले नेताको राजनीतिक भाषण सुने जस्तो ४-५ वर्षको बालकबाट अपेक्षा नगरौँ । शिक्षकले मनन गर्ने कुरा ।

बालबालिका गैरजिम्मेवार बन्दै छन् । व्यक्तिवादी बन्दै छन् । अनैतिक बन्दै छन् । चरित्रहीन बन्दै छन् । हामी भन्छौँ, प्रविधिले बिर्गायो । सञ्चारले बिर्गायो । उसको हातमा प्रविधि कसले राखिदियो ? प्रविधिले कहिल्यै मान्छे बिगार्दैन । त्यसको दुरुपयोगले मानिस कुलतमा फस्छ । कुलतले उसलाई बिगार्छ । गाँजा, भाङ र रक्सी मात्रै कुलत होइनन् । मोबाइल, गेम, फेसबुक र युट्युब पनि कुलत बन्न सक्छन् । हाम्रा नानीलाई मोबाइल गेममा अभ्यस्त कसले बनायो ? हिजो हामीले नै होइन ? हो नि । आफूलाई झिँजो नगरोस् भनेर गेम खोलेर हामीले त छाडिदिएका हौँ नि । टिभी खोलिदिएर घरमै थुनी हामी बाहिर पनि त गएका हौँ । त्यति मात्र कहाँ हो र, होमवर्क र्ग भनेर उसलाई थर्काउँदै आफूले टिभी खोलेर पनि त हेरेका हौँ । अनि फोन आउँदा उसैलाई फोन उठाउन लगाएर ममी वा बाबा घरमा हुनुहुन्न भन्न लगाएको कसले नि ? त्यो संस्कार हो कि होइन ? पहिलो र महत्वपूर्ण संस्कार त्यही हो — सत्य र असत्यको । संस्कारको बीऊ ।

बीऊ नरोपी बोट उम्रँदैन । बोट नउम्री फल लाग्दैन । हाम्रा नानीहरूमा नकारात्मकताको बीऊ कसले रोपिदियो ? अनि कसले मलजल र्गयो र फैलँदै छ नकारात्मकता ? अरूका बालबच्चा बिगार्ने ठेकेदारहरू छन् भने अर्कै कुरा, नत्र एकछिन हामी अभिभावक र शिक्षकले गम्भीर भएर सोचौँ । आफलाई साक्षी राखेर सोधौँ, बालकको भविष्य निर्माणमा हामीले कति सही गरेका छौँ । र, कति गलत ? गलत छन् भने आजैदेखि सुधारौँ । सही छन् भने अरूलाई पनि सिकाऔँ । मेरो भनाइ यत्ति हो, बालक आफैँ  बिग्रँदैन ।

(लेखक कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्तिका प्राचार्य हुन् ।)

मङ्ल, मंसिर १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...