अपाङ्गता भएकाहरुलाई आधुनिक ह्विलचेयर

हाम्रो दमक

केर्खा, १७ मंसिर | २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सोमबार झापाको कमल गाँउपालिकामा ७ जना अपाङ्गता भएकाहरुलाई आधुनिक किसिमका ह्विलचेयर प्रदान गरेको छ ।

स्थानीय केर्खास्थित खेलमैदान आयोजित जिल्लास्तरिय कार्यक्रमका बीच लायन्स क्लब अफ लखनपुर र तोपगाछीको संयुक्त पहलमा ती सात वटा ह्विलचेयर हस्तान्तरण गरिएको हो ।

कार्यक्रम संयोजक तथा लायन्स क्लब लखनपुरका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराईका अनुसार ह्विलचेयर प्राप्त गर्नेहरुमा कमल ६ का लंक बहादुर खड्का,पदम बहादुर थापा, कमल ७ का हरीबहादुर दंगाल , कमल ५ का सञ्जोग कुमार कार्की , कमल १ की फूलमाया धिमाल र कमल ३ का देवु चापागाइँ रहेका छन् ।

अपाङगता भएकाहरुको जीवनयापनमा सहजताका लागि ति ह्विलचेयर वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए । ती ह्वील चियर संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक ३२५ एवानका सेक्रेटरी रेवत बहादुर कार्की, गाँउपालिका उपाध्यक्ष बेणु शिवाकोटी ,प्रशासकीय अधिकृत युवराज ढकाल,कमल अपाङ्गता समितिका अध्यक्ष मृगेन्द्र कार्कीलगायतले वितरण गरेका थिए ।

देशैभरका विभिन्न ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहजताका लागि लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक ३२५ ए वानले झापासहित विभिन्न स्थानमा २ सय वटा ह्विलचेयर प्रदान गरेको जनाएको छ ।

सोहि अवसरमा कमल गाँउपालिका ५ मा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय मंगलमय माविका २५ जना श्रुष्तश्रवण विद्यार्थीहरुलाई जाडोमा न्यानोका लागि ट्रयाक सुट समेत वितरण गरिएको व्यवस्थापक राजु थापाले जानकारी दिए ।

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...

जन्मदिनमा श्रेष्ठले आयोजना गरे रक्तदान

दमक,५ माघ । दमकका सामाजिक ब्यक्तित्व तथा पूर्वकै अग्रज रक्तदाता राजकुमार श्रेष्ठले आफनो जन्मदिनको अवसर पारेर शनिवार यहाँ रक्तदान कार्यक्रम गरेका छन् । आफनै जन्मदिनमा रक्तदान गर्दे श्रेष्ठ आफनो् ५३ औ जन्मदिनको सन्दर्भ पारेर आयोजित रक्तदानमा...

दुर्घटनामा इलामका एकसहित तीन जनाको मृत्यु

इलाम,५ माघ । काठमाण्डौंबाट इलाम पशुपतिनगर तर्फ आइरहेको दार्जिलिङ्ग एक्सप्रेस शनिबार विहान २ बजे दुर्घटना हुँदा इलामका एक जना सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । सर्लाही...

लखनपुर रेडक्रस जिल्ला उत्कृष्ठ

दमक,५माघ । नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुर जिल्ला उत्कृष्ठ भएको छ । रेडक्रस अभियान र कार्यसम्पादनका आधारमा जिल्ला भित्रका विभिन्न रेडक्रसका उपशाखाहरुलाई उछिन्दै लखनपुर रेडक्रस प्रथम भएको हो । रेडक्रस झापा जिल्ला शाखाको ४५ औ...

आगोले जलेर घाईते भएकी कुलमायाको मृत्यु

दमक,४ माघ । आगोले जलेर उपचारत झापा,कमल गाँउपालिका ६ का २२ बर्षिया कुलमाया बस्नेतको आज मृत्यु भएको छ । दमकको एडभान्स हस्पिटलमा विगत दुई सातादेखि उपचारत  विरामी कुलमायाको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो...

तीनवटा सवारी जुध्द्दा पाँच घाइते

चारपाने,४ माघ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको चारपानेमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा १७...