अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

हाम्रो दमक

पाल्पा, १७ मङ्सिर | रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो ।

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ ।

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल रु एक हजार २०० मा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई रु २५० मा बिक्री गर्नुहुन्छ । “ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हँुदै आएको छ ।

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिङ्गालको गोला पोलेको बताउनुभयो । भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई रु एक हजार २०० र तानसेनमा रु एक हजार रु ५०० मा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ ।

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

कमलको वजेट रु ६२ करोड बढी

कमल,३० असार । झापाको कमल गाँउपालिकाले आर्थिक बर्ष २०७६।७७ का लागि करिव रु ६२ करोड २९ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा सोमबार एक कार्यक्रम गरि वजेट, नीति तथा कार्यक्रम...

पाडाजुँगीमा आँखीझ्याल रेष्टुरेन्ट सञ्चालनमा

दमक,२८ असार । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुँगीमा शनिवरदेखि आँखीझ्याल रेष्टुरेँन्ट सञ्चालनमा आएको छ । स्थानीय सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित युवा व्यक्तित्व हुकुमसिंह राईले सञ्चालनमा ल्याईएको सो रेष्टुरेँन्टको औपचारिक रुपमा...

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

झापा,१८ असार । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५ । ७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला...

गर्मी वढ्ेसंगै घरायसी सामाग्रीहरुको माग उच्च

दमक,१७ असार । गर्मी वढेसंगै वजारमा विद्युतीय सामाग्रीहरुको कारोवार वढ्दै गएको छ । गर्मी छल्नका लागि पंखा,कुलर,एसी लगायतका घरायसी सामाग्रीहरुको माग उच्च भएपछि यसको कारोवार बढ्दै गएको हो । दमक चौंक स्थित नेशनल इलेक्ट्रोनिक्सका सञ्चालक...

कांग्रेस समर्थित लोकतान्त्रिक प्यानल बिजयी

ईटहरी,१६ असार । यहाँस्थित इटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा भीमबहादुर पौडेल प्यानल सहित बिजयी भएका छन । पौडेलले २ हजार नौ सय ७ मत प्राप्त गर्दै बिजयी भएका हुन्। नेपाली काँग्रेसको समर्थन रहेका पौडेलले...