मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज बाट शुरु 

हाम्रो दमक

बिर्तामोड । झापा मिडिया हाउसको आयोजनामा नेपालमै पहिलोपटक हुन गईरहेको यसोदा फुड्सको मुख्य प्रयोजन रहेको मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज आईतबार बाट शुरु भएको छ । झापाको घैलाडुब्बा स्थित टेकनारायणबारीमा आज बाट सहभागिहरुको प्रशिक्षण शुरु भएको हो ।

झापा मिडिया हाउसका सिईओ योगेस राजवंशीको सभापतित्व तथा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कन्काइ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष देवि अधिकारी, २ का अध्यक्ष पर्शुराम गिरी, ३ का अध्यक्ष रुद्र प्रसाद चिमरिया, ४ का अध्यक्ष गोविन्द प्रसाद पौडेल, ५ का अध्यक्ष कृष्ण राई, ६ का अध्यक्ष लक्ष्मि ओली, ७ का अध्यक्ष लिला बहादुर कन्दङ्वा, ८ का अध्यक्ष प्रेम बहादुर कटुवाल, वडा नम्बर ९ का अध्यक्ष प्रेम प्रसाद राजवंशी,कार्यपालिका सदस्य चुवा लाल राजवंशी, साथै राजेन्द्र आङ्वुहाङ, नरमान श्रेष्ठ, शान्ता चुडाल, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, सचिव जय प्रसाद राजवंशी, आदिवासिजनजाती महासंघकी केन्द्रिय सचिव सुकमती राजवंशी, भोईस अफ कोच आसामका जेनेरल सेक्रेटरी कौसिक राय, जाजाङ कोच, धर्मराज माझी, जानुका ताजपुरीया लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकै बिच कोचिला गभुरफ्रन्ट सिबसताक्षि नगर समितिबाट प्रदान गरिएको कोच समुदायका ऐतिहासिक फोटोहरु प्रदर्शनी पनि गरिएको थियो ।

नेपाल सहित भारतको आसाम, मेघालय, उत्तरबंगाल लगायत बिभिन्न स्थानमा भएको अडिसनबाट छनौट भएका सहभागि प्रतियोगिहरुलाई आज बाट कोच समुदायको रहनसहन, रितिवाज, संस्कार संस्कृति, खानपान सहित बिभिन्न प्रशिक्षण दिईने झापा मिडिया हाउसका डाईरेक्टर अभय राजवंशीले जानकारी दिनुभयो ।

१५ दिन सम्म हुने प्रशिक्षणको कोरियोग्राफर सपना राजवंशीले गर्नुहुने छ । कोच समुदायका महिलाहरुको ब्यक्तित्व तथा नेतृत्व विकास गराउने उदेस्यले यस ऐतिहासिक कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।

आइत, मंसिर १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...