झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायीहरु आफै सक्रिय

माइपश्चिम क्षेत्रमा मदिराको कारोवार गर्ने व्यवसायीहरु करिव ४ हजार बढी रहेको अनुमान छ । ती मध्ये १ १ सय व्यवसायीले मात्र सरकारी अनुमति लिएर मदिराको कारोवार गरिआएको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।

हाम्रो दमक

दमक,१६ मंसिर । माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफै लागेका छन् ।
स्थानीय स्तरमा समेत मदिरा व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त कार्यान्वयन गराउन माइपश्चिमका मदिरा व्यवसायीहरु समेत आफै अग्रसर भएका हुन् ।

दमकमा आयोजित छलफलमा सहभागीहरु ।

मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिका अनुसार मदिरा व्यवस्थित गराउन माइपश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतनासहित छलफल शुरु गरिने छ । संघका अध्यक्ष प्रेम पाण्डेले मदिरा कारोवारलाई व्यवस्थित बनाउन स्थानीय सरकार,व्यवसायी, राजनीतिक दलसहित सरोकारवालाहरुसंग छलफल गरि अभियान शुरु गरिने बताए । दमकपछि गौरादह,शिवसताक्षी नगरपालिका, कमल र गौरीगञ्ज गाँउपालिकामा संघले आवश्यक छलफल थाल्ने जनाएको छ । छलफलपछि माइपश्चिमका पाँचै वटा स्थानीय तहमा मदिरा कारोवारसंगै सेवनमा समेत व्यवस्थित हुने अभियानको लक्ष्य रहेको मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य भरत चम्लागाईले बताए । उनले भने, –‘मदिरा कारोवारमा देखिएको विकृति नियन्त्रण गर्न तथा कारोवार व्यवस्थित गर्न पहल थालिएको छ ।’

संघले अभियान सफल बनाउन प्रारिम्भक चरणमा स्थानीय सरकारका प्रतिनिधिहरुसंग छलफल थालेको जनाएको छ । यसैक्रममा आइतबार दमक नगरपालिकाका प्रमुख,उपप्रमुखसहित वडाध्यक्षहरुसंग छलफल गरिएको थियो । छलफलपछि दमकमा यहि मंसिर २७ गते नगरस्तरिय वृहत छलफल तय समेत गरिएको अध्यक्ष पाण्डेले जनाए ।
नगरपालिकामा आयोजना गरिएको छलफलमा नगरप्रमुख रोमनाथ ओलीले नगर क्षेत्रमा मदिरा व्यवस्थित बनाउने अभियान सवैपक्षको सहकार्यमा थाल्ने जनाए । मदिरालाई व्यवस्थित बनाउन बेचबिखन र सेवन कार्यका बारेमा सरोकारवालाहरु पक्षहरुसंग छलफल ,अन्तरकृया थाल्ने उनले जानकारी दिए । नगरप्रमुख ओलीले मदिरा व्यवस्थित बनाउन कानुन निर्माण गरि कडाईका साथ कार्यान्वयन गर्न प्रतिवद्ध भएको बताए ।

छलफलमा नगर उपप्रमुख गीता अधिकारीले मदिराका कारण सामाजिक विकृति,अपराध निम्त्याउदै आएकाले त्यसलाई अव व्यवस्थित बनाउन स्थानीय सरकार लागिपर्ने वताईन् ।
त्यसैगरि दमक वडा नम्बर ७ का वडाध्यक्ष भिम पौडेल,वडा नम्बर ४ का वडाध्यक्ष कुमार साम्सुहाङ्ग, दमक १ का अध्यक्ष ताराप्रसाद अधिकारी ,दमक १० का अध्यक्ष बोधराज न्यौपाने लगायतले मदिराको अव्यवस्थित वजारलाई नियन्त्रित गराउन आवश्यक भएको आंैल्याएका थिए ।
माइपश्चिम क्षेत्रमा मदिराको कारोवार गर्ने व्यवसायीहरु करिव ४ हजार बढी रहेको अनुमान छ । ती मध्ये १ १ सय व्यवसायीले मात्र सरकारी अनुमति लिएर मदिराको कारोवार गरिआएको संघका अध्यक्ष पाण्डेले जानकारी दिए । जिल्लामा मदिरा नियन्त्रित गराउन जिल्लास्तरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख भोलानाथ आचार्यको संयोजकत्वमा उद्योगी,व्यवसायी, प्रहरी, प्रशासन तथा सरोकारवालाहरुको सहभागितामा समिति गठन गर्नुका विभिन्न कार्ययोजनाहरु सार्वजनिक गरिएको छ । कार्ययोजना अन्तगर्त आउदो माघ १ गते जिल्लालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने तय गरिएको छ ।

आइत, मंसिर १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

जथाभावी शाखा सडकले दुर्घटनाको जोखिम

दमक,२७ फागुन। झापामा पूर्वपश्चिम लोकराजमार्गसंग जोड्ने शाखा सडकहरु खुल्ने क्रम बढेसंगै दुर्घटना समेत बढ्दै गएको छ । घडेरी व्यापारी र सर्वसाधारणले समेत आफ्नो घर जग्गासम्म पुग्न सहजताका लागि जथाभावी छोटो छोटो दुरीमै सडक खन्नाले...