एड्सबाट छ संक्रमित, दुईको मृत्यु

हाम्रो दमक

पाँचथर, १५ मङ्सिर । यहाँ एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले एड्स दिवसको अवसर पारेर सो तथ्याङ्क सार्वजनिक गरेको हो । एचआइभी एड्सका कारण दुई पुरुषहरुको मृत्यु तथ्याङ्कमा उल्लेख छ । त्यस्तै जिल्लामा छ जना एड्स संक्रमितहरुले नियमित औषधी सेवन गर्दै गरेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा वुद्धिबहादुर थापाले बताए । संक्रमित छ मध्ये दुई जोडी श्रीमान् श्रीमती रहेका उनले जानकारी दिए ।

फिदिम नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा भएको कार्यक्रम एचआइभी एड्स विरुद्धको प्लेकार्ड र नाराअङ्कित व्यानरसहित र्यालीले बजार परिक्रममा गरेको थियो । डिसेम्बर १ अर्थात विश्व एड्स दिवसको अवसरमा फिदिममा एचआइभी एड्स नियन्त्रणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका विषयक निबन्ध प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा रमा पौडेल प्रथम, विष्णु श्रेष्ठ द्वितीय, शुसिला तामाङ तृतीय र पवित्रा चापागाईं सान्त्वना भएका थिए । विजेतालाई फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्याय र जिल्ला अस्पतालका प्रमुख थापाले नगद पुरस्कार वितरण गरेका थिए ।
नेपालमा ३१ हजार २० संक्रमितमध्ये १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको साथै विश्वमा तीन करोड ६९ लाख बढी एड्स संक्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ भन्ने मूल नाराका साथ सञ्चालित ३१औँ विश्व एड्स देशैभर मनाइएको छ ।
                    

               उर्लाबारीमा दिप प्रज्वलन

जिवन बचाउ उपचार सेवा गृह उर्लाबारीले शनिबार ३० औँ विश्व एड्स दिवस २०१८ को अवसरमा दिप प्रज्वलन गरेको छ । सचेतना मुलक संन्देश प्रवाह गर्ने उदेश्यले उर्लाबारीको मुख्य चौकमा दिप प्रज्वलन गरेको सो गृहका अध्यक्ष सागर राईले जानकारी दिए ।
कार्यक्रममा नगरका राजनितीक दल, नागरिक समाज, विभीन्न संघ–संस्थाका प्रतिनिधीहरु तथा पुर्नस्थापीत युवाहरुले समेत ऐक्यवद्धता जनाएका थिए ।

शनि, मंसिर १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...