तीन शीर्ष नेतालाई पूर्व जनसेनाको ज्ञापन

हाम्रो दमक

दमक,१५ मंसिर। दश बर्षे माओवादी सशस्त्र युद्ध लडेका पूर्व जनसेनाले आफ्ना १३ बुँदे माग समेटिएको ज्ञापन पत्र तीन पार्टीका शीर्ष नेतालाई बुझाएका छन् । नेपाली कांग्रेस , नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई शनिबार ज्ञापन पत्र बुझाउँदै विभिन्न माग अघि सारेका छन् ।


पूर्व जनमुक्ति सेना नेपालले तय गरेको आन्दोलनका कार्यक्रमलाई अघि बढाउने सिलसिलामा सो संगठनले राजधानीमा कांग्रेस सभापति शेरबहादुर देउवा , नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
पूर्व जनमुक्ति सेना नेपालका संयोजक प्रविन तामाङको नेतृत्वमा संगठनका केन्द्रिय भेला आयोजक समितिका नेताहरु सहभागि भई ज्ञापन पत्र बुझाइएको संगठनका केन्द्रिय सदस्य प्रशान्तले जानकारी दिए । ज्ञापन पत्रमा पूर्व जनसेनाले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनयुद्धका कमाण्डर तथा नेताहरुनै उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायतका राज्यको विशिष्ट जिम्मेवारीमा पुगेपनि युद्ध लडेका तल्लो वर्गका जनसेनाहरुको अवस्था दयनिय रहेको स्मरण गराइएको छ ।

ज्ञापन पत्रमा जनसेनालाई उत्पादनमुलक क्षेत्रमा लगाउन, जनयुद्ध लडेका जनसेनालाई गणतान्त्रिक योद्धाका रुपमा घोषणा गरि राष्ट्रिय सम्मानसहितको परिचय पत्र दिन, अप्रमाणित भनिएका ४ हजार ८ लडाकूहरुका माग सम्बोधन गर्न, सरकारले वितरण गर्ने भनेको ८४ करोड रुपैयाँ बजेट वितरण गर्न, राष्ट्रिय जनमुक्ति सेना संग्राहालय स्थापना गरि हातहतियारहरु संग्रहित गर्न, घाईते, अपाङग, र शहिद परिवारलाई रोजगारीको व्यवस्था गर्न, पूर्व जनसेनाका छोराछोरीलाई निशुल्क शिक्षा प्रदान गर्न पनि पहलका लागि सरकारसंग माग गरिएको छ ।
उही माग समेटिएको ज्ञापन पत्र पूर्व जनमुक्ति सेनाले सरकार पक्ष नेकपासहित अन्य राजनीतिक दलहरुलाई समेत बुझाउने कार्यक्रम रहेको संगठनका केन्द्रिय प्रवक्ता प्रशान्तले बताए । उनले भने– ‘हामी पहिलो चरणमा हाम्रा मागहरुबारे सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनेछौं । त्यसपछि विभिन्न चरणमा चरणबद्ध आन्दोलन मार्फतनै सरकार र दलहरुलाई दबाब दिनुको विकल्प छैन् ।’

शनि, मंसिर १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...