दमकल किन्न युवाहरुद्धारा चन्दा संकलन

हाम्रो दमक

झिलझिले ,१४ मंसिर । झापाको शिवसताक्षी नगरपालिकालाई दमकल किन्न दबाव सृजना गर्ने उद्देश्यले स्थानीय युवाहरुले एक रुपैया चन्दा अभियान सञ्चालन गरि संकलित रकम नगरपालिकालाई बुझाएका छन् ।


नेपाली कांग्रेस निकट तरुण दलको अगुवाईमा नगरपालिकालाई दमकल खरिद गर्नका लागि दवाव सृजना गर्ने उद्देश्यले नगरवासीबाट चन्दा संकलन गरिएको हो ।
नेपाल तरुण दल शिवसताक्षीको अगुवाईमा आज स्थानीय युवाहरुले धरमपुर चौक, झिलझिले र दुधेबजारमा एक व्यक्ति एक रुपैया चन्दा संकलन गरिएको तरुण शिवसताक्षीका सभापति योगेश लिङदेनले जानकारी दिनुभयो । युवाहरुले नगरवासीहरु संग संकलन गरेको करिब रु ५ हजार रुपैयाका साथै ११ बोत्तल पानी, र एउटा रित्तो बोत्तल पनि नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाललाई बुझाएको लिङदेनले जानकारी दिए । युवाहरुले संकलन गरेको सो रकम बुझन उपप्रमुख घिमिरेले आफनो उत्तरदायित्व भित्र नपर्ने बताएकी थिइन् ।
युवाहरु प्रत्येक वडाको प्रतिकका रुपमा दमकलका लागि भन्दै ११ बोत्तल पानी र विरोध स्वरुप एउटा रित्तो बोत्तल पनि बुझाईएको त्तत्कालिन धरमपुर गाँउपालिकाका कांग्रेस सभापति बिनोद ढकालले बताए ।
शिवसताक्षी ७ स्थित लालझोडामा मंसिर ९ गते राति एक घरमा आगलागी हुदाँ लक्ष्मण खनाल परिवारका चार जनाको मृत्यु भएपछि नगरपालिकाका दमकल नभएको तर जनप्रतिनिधिले आफु चढ्ने महंगा गाडी र मोटरसाईकल खरिद गरेको विषयले निकै चर्चा पाएपछि दमकल खरिद गर्न आलोचनात्मक अभियान शुरु गरिएको ढकालले बताए ।

शुक्र, मंसिर १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...