एड्भान्स हस्पिटलमा पनि स्वास्थ्य विमा

हाम्रो दमक

दमक,१४ मंसिर । झापाको दमकस्थित एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलले स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन एड्भान्स हस्पिटलले पनि सेवा विस्तार गरेको जनाएको हो ।


शुक्रवार हस्पिटल सञ्चालकले पत्रकार सम्मेलन गरि स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी गराएको हो । हस्पिटलका अध्यक्ष शेरवहादुर भट्टराईले विशेषज्ञ सेवाहरु प्रदान गरिआएको यस हस्पिटलले अवदेखि सरकारबाट शुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम समेत सञ्चालन गरिएको बताए । उनले त्यसका लागि हस्पिटलले थप भवन भाडामा लिएर सेवा विस्तार गरिएको जानकारी दिए ।
स्वास्थ्य विमा कार्यक्रमबाट यस क्षेत्रका विपन्न समुदायले स्वास्थ्य सुविधा पाउने उनले बताए ।
त्यस अवसरमा हस्पिटल प्रशासनले अस्पतालमा उपलव्ध दैनिक फिजीसियन,नवजात शिशु तथा वाल रोग,स्त्री तथा प्रसुती, नाक ,कान तथा घाँटी रोग, हाडजोर्नी, छाला तथा यौन रोग,चिरफार रोग लगायतको उपलव्ध विशेषज्ञ सेवाहरुका वारेमा समेत जानकारी गराएको थियो । तीन वर्ष अघि एड्भान्स हेल्थ केयरवाट शुरु भएको उक्त स्वास्थ्य संस्था एक वर्षअघि २५ शैया अस्पतालका रुपमा सञ्चालनमा आएको थियो । दैनिक विशेषज्ञ सेवा वाहेक फार्मेसी, सामान्य तथा जटिल शल्यक्रिया,भेन्टिलेटरसहित आइसीयू सेवालगायतका सेवा उपलब्ध छन् ।

शुक्र, मंसिर १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...