पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य-गोकुलम रिसोर्ट

जाडो मौसम सुरु भएसँगै मोरङको सुन्दर हरैचास्थित गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्न थालेको छ ।

हाम्रो दमक

बिर्तामोड । यो समय पिकनिकको समय हो । पिकनिक जानका लागि तपाई कुनै उपयुक्त ठाउँको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने एउटा उत्कृष्ट गन्तव्य इटहरी नजिकको गोकुलम रिसोर्ट पनि बन्न सक्छ ।

जाडो मौसम सुरु भएसँगै मोरङको सुन्दर हरैचास्थित गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्गस्थित बलियाचोकबाट डेढ किलोमिटर भित्र छिरेपछि पुगिने यो रिसोर्टमा इटहरी तथा अन्य स्थानमा मानिसहरु बनभोजका लागी आउने गरेको रिसोर्टका सञ्चालक गिरिराज दंगालले बताए ।

रिसोर्टमा मिनि धरहरा, ताजमहल, आइफेल टावरलगायत विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरुका नमूना रहेका छन् । चेस, पञ्जालगायतका विभिन्न आकृती निर्माण गरिएका छन् । यस्ता आकृती र संरचनामा फोटो खिच्ने, पोखरीमा बोटिङ्ग गर्ने, रुखको फेदमा बसेर गफिनेहरुको संख्या दिनहुँ बढ्दो छ ।

विशेष गरी विद्यार्थीहरुका लागि सो ठाउँ सिकाइको केन्द्र पनि बन्न सक्छ । गोकुलमले हवाईजहाज पनि भित्र्याएको छ । एक निजी कम्पनीको ग्राउण्डेड (उडान बन्द गरेको) जहाज रिसोर्टमा भित्र्याएको रिसोर्ट सञ्चालक दंगालले जनाए।

हालै काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण भागको रूपमा विकास गर्ने लक्ष्यबमोजिम सो जहाज ल्याइएको बताइएको छ ।

सो रिसोर्टमा सामान्य अवस्थामा पनि दैनिक २ सय जना भन्दा धेरैको आवतजावत हुने गर्छ । कुनै चाडपर्व अथवा बिदाको दिन दुई हजार बढीको उपस्थिति हुन्छ । झापा, मोरङ्ग र सुनसरीका विभिन्न स्थानबाट त्यहाँ घुम्न आउने गरेका छन् । पिकनिकको सिजनमा सर्वसाधारणको उपस्थिति अत्यधिक हुनेगरेको छ ।

शुक्र, मंसिर १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्व प्रम डा. भट्टराई

दमक,२६ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत...

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग...

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

झापा, २७ पुस । झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र...