पुस्तकालयलाई २०० पुस्तक प्रदान

हाम्रो दमक

दुर्गापुर, मंसीर १३। बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ ।


सोही विद्यालयमा बिहीबार आयोजित कार्यक्रमका बीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक टहलदास ओलीले प्रधानाध्यापक अञ्जना सिटौलालाई उक्त पुस्तक हस्तान्तरण गरे । विद्यालयमा पुस्तकालय भए पनि आवश्यक पुस्तक अभाव रहेका बेला वीरता जेसीजले उक्त पुस्तक हस्तान्तरण गरेको हो ।
विद्यालयले पुस्तकालयका लागि आवश्यक पुस्तकको सूची नै उपलब्ध गराएपछि सोही बमोजिमका पुस्तक हस्तान्तरण गरिएको हो । नेपाली, अंग्रेजी भाषाका कक्षाका कोर्षसँग सम्बन्धित तथा अन्य चर्चित लेखकहरुका राष्ट्रिय तथा विश्व प्रशिद्ध पुस्तकहरु समेत प्रदान गरिएको कार्यक्रमका संयोजक रहेका ओलीले बताए ।
सामाजिक सञ्जाल फेसबुक लगायतमा अहिलेको पुस्ताले बढी समय खर्चिएर पठन संस्कृतिमा ह्रास आउँदै गएको भन्दै वीरता जेसीजका अध्यक्ष गिरीले पठन संस्कृतिको विकास र व्यक्तित्व विकासमा टेवा पुर्याउन पुस्तकालयलाई पुस्तक प्रदान गरिएको बताए ।
वीरता जेसीजले यस वर्ष पुस्तक दिवसको अवसर पारी मायाको चिनो र उपहार स्वरुप पुस्तक दिने नयाँ संस्कृतिको थालनी गरेको छ भने यसअघि बिर्तामोड–१० स्थित ज्ञानज्योति सार्वजनिक पुस्तकालयलाई तीन सयभन्दा बढी पुस्तक समेत प्रदान गरेको थियो ।

बिहि, मंसिर १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...

दमक ब. क्याम्पसको प्रमुखमा डा. बुढाथोकी

दमक,५ साउन । यहाँस्थित दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिको आज आइतबार बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति...