पर्यटनमन्त्री अधिकारी भन्छन-‘विकासको यात्रा रोकिँदैन्, हामी सही बाटोमा हिँडिरहेका छौं ’

‘वाईडबडी खरिदमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्छौं, अनियमितता गर्नेबाट सोधभर्ना गराउँछौं’

हाम्रो दमक

काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने,‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’ यद्धपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुनेपनि जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाईडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए । उनले भने,‘यो सरकार आएको एक दई महिनापछिमात्रै वाईडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सिध्धिईसकेको थियो ।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे ।

वाईडबडी आईसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ । तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाईए कारबाही गर्ने अधिकारीले पूनः दोहोर्याए । उनले भने,‘यस विषयमा गहिरो र गम्भिर छलफल हुन्छ । गलत भेटिए हामी कारबाहीको प्रक्रिया बढाउँछौं ।’ उक्त वाईडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकोले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको विश्वास छ । उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्नेपनि जानकारी दिए । उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए ।

उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भैरहेको पनि जानकारी दिए । मन्त्री अधिकारीले थपे,‘एयरलाईन्सलाई कम्पनी मोडेलमा लैजाने कि रणनीतिक साझेदारी खोज्नेबारे अहिले छलफल भैरहेको छ । हामी नेपाल एयरलाईन्सलाई प्रतिष्पर्धी बनाउँछौं ।’ नेपाल वायु सेवा निगमलाई कसरी र कुन मोडेलमा सञ्चालन गर्नेबारे छलफल भैरहेको उनले जनाए ।

उनले भने,‘निगमलाई निजीकरण गर्दैनौं । बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं । नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं । २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेको छ । अब हामी निगमको व्यवस्थापन सुधार्छौं । हाम्रो पहिलो प्राथमिकता भनेको नै व्यवस्थापन सुधार्ने नै हो । निगमले आँफै कमाउँछ र तिर्छ । सधैं ऋण दिएर हुँदैन् । कमाउन र चलाउन सक्छ ।’

उनले आफूहरुले निगम सञ्चालनको लागि अन्तर्राष्ट्रिय साझेदारी खोजिरहेको पनि सुनाए । अधिकारीले थपे,‘नेपालमा मार्केट नभएकाहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । त्यस्तोसँग हामी साझेदारी खोज्छौं । साझेदारी खोज्ने प्रक्रियाबारे हामी अबको दुई हप्ताभित्र निर्णय लिन्छौं ।’
त्यस्तै उनले भ्रमण वर्ष २०२० भव्यताका साथ मनाउन गैरहेको सुनाउँदै कम्तिमा पनि भ्रमणमा वर्षमा २५ लाखभन्दा बढि पर्यटकहरु आउने सम्भावना देखिएको विश्वास दिलाए । उनले भने,‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा कम्तिमा पनि १० प्रतिशत पर्यटन क्षेत्रबाट योगदान पुर्याउने काम गर्छौं । उनका अनुसार आगामी ९ महिनाभित्र भैरवा अन्र्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । उनले भने,‘त्यस्तै पोखरा विमास्थलको पनि काम द्रुत गतिमा भैरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको काम भैरहेको छ । अहिले मुलुकमा २६ वटा ठाउँमा हवाई सेवा सञ्चालनमा छन् । यो वर्षदेखि राजविराज, सुर्खेत र दाङमा नयाँ गन्तब्य सुरु गरेका छौं ।’

सम्पदा पूननिर्माणको कामपनि भएको सुनाउँदै काठमाडौंमा मात्रै ७ वटा विश्व सम्पदा सुचिमा परेका सम्पदाहरु रहेको उल्लेख गर्दै उनले यी सबैको पूर्ननिर्माणको काम चलिरहेको स्पष्ट पारे । उनले भने,‘लन्ली प्लानेटले सन् २०१९ मा विश्वको पाँचौ घुम्र्नैपर्ने शहरमा काठमाडौंलाई राखेको छ । लुम्बिनी क्षेत्र विकासबारे प्रशस्त काम भएको छ । यो वर्ष ३० प्रतिशत पर्यटकको वृद्धि भएको छ । पर्यटन क्षेत्रमा लगानी भित्रिरहेको छ । समग्रमा पर्यटन क्षेत्रको भविष्य उज्यालो छ ।’

फरक प्रसँगमा उनले सामाजिक सुरक्षा कार्यक्रम रोजगारदाता, श्रमिक र सरकार सबैको हितमा रहेको सुनाउँदै यसलाई सरकारले कार्यान्वयन गराएरै छाड्ने स्पष्ट पारे । उनले भने,‘यस कार्यक्रमअन्तर्गत विभिन्न स्किमहरु छन् । हामी लोककल्याणकारी राज्य स्थापना चाहन्छौं । श्रमिकहरु खुशी र आनन्द हुन सकेनन भने काम हुन सक्दैन् । यो सामाजिक सुरक्षा कार्यक्रम श्रमिक र गरिखानेहरुको हितमा छ ।’ यद्धपी उनले यो कार्यक्रम सञ्चालनमा चूनौति अवश्य रहेकोले ती सबै चूनौतिहरुलाई सामना गरेर लागु गर्ने क्षमता सरकारसँग रहेको दाबी गरे ।

केही नकारात्मक कुरालाई आधार बनाएर सरकार असफल भयो भनेर लाञ्छाना लगाउनु सही नभएको उनको तर्क छ । उनले भने,‘सरकार पूरानो फोहोरका डंगुर पन्छाएर हिँड्न खोजिरहेको छ । सुशासन र समृद्धिको यात्रामा हामी हिँडेका छौं । यसरी हिँड्दा टिप्पणीहरु आउनु स्वभाविक हो । यसप्रति हामी पूर्ण सचेत छौं । विकासको यात्रा रोकिँदैन् । सरकार यो मुलुकमा देखिएका जतिपनि समस्याहरु छन्, तीनलाई समाधान गर्न पूर्ण प्रतिबद्ध छ ।’
घोषणापत्रमार्फत जनतासामू गरेका वाचा र कसम पूरा गरेर छाड्ने उनले जनाए । उनले अघि थपे,‘सरकारले देश र जनताको पक्षमा काम गर्छ । शान्ति, सुरक्षा र अमनचयन कायम गर्छ । अहिले हामी ठीक बाटोमा हिँडिरहेका छौं ।’

बुध, मंसिर १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

कमलको वजेट रु ६२ करोड बढी

कमल,३० असार । झापाको कमल गाँउपालिकाले आर्थिक बर्ष २०७६।७७ का लागि करिव रु ६२ करोड २९ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा सोमबार एक कार्यक्रम गरि वजेट, नीति तथा कार्यक्रम...