सरकार दुई तिहाइको दम्भले अराजक : महामन्त्री कोइराला

हाम्रो दमक

दमक,१०मंसीर। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको टिप्पणी गरेका छन् । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढ्ेको उनको जिकीर छ ।


दमकस्थित रोयल मुगा होटलमा आज साँझ पत्रकारहरुसंग कुराकानी गर्दे उनले वर्तमान सरकारको नौ महिने अवधिबाट जनतामा आशा भन्दा निराश हुनुपरेको बताए । दुई तिहाईको जनमतबाट बनेको सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको उनको आरोप थियो । सुनकाण्ड , निर्मला पन्तको बलात्कार पछिको हत्या ,वाईड बडि बिमान खरिद प्रकरणमा सरकार नालायक भएको उनले आरोप लगाए ।
बर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा अघि बढे् कांग्रेसले साथ र सहयोग दिने भन्दै महामन्त्री कोइरालाले भने , ‘कम्यूनिष्ट सरकारको दम्भले जनताको अपेक्षा पूरा होलान भन्ने आश गर्न सकिने आधारहरु देखिन्न् ।’ सरकारलाई जनादेश अनुसार अगाडी बढ्नका लागि कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गरिआएको उनले स्पष्ट पारे ।

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको जोड दिदै उनले कांग्रेस एक ढिक्का भए मात्र देश बलियो हुने समेत औल्याए ।
उनले कांग्रेस व्यक्तिवादी गुटगत स्वार्थले फसेको चर्चागर्दे अव त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्ने विचार राखे । लोकतान्त्रिक पार्टीमा बिचारको गुट हुनु पर्नेमा व्यक्तिको गुट हुनु हुदैआएकोले गर्दा नै अहिले पार्टी कमजोर भएको उनको भनाई थियो । कोईरालाले आफु गुटबन्दीको बिरोधी भएको जनाउदै आफनो अभियान यसैमा केन्द्रीत भएको जनाए ।
यसअघि आइतबारनै दमकमा नै नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका स्थानीय नेतृत्वहरुले वर्तमान सरकार असफल भएको औल्याएका थिए ।

सोम, मंसिर १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...