स्वर्णजयन्ती र कौवाको अपसगुन

गङ्गाराम गड्तौला

शान्तिनगर । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि गरिमामय हुन्छन् । धेरै दिनपछि आमाको काखमा लुटपुटिने सौभाग्य मिल्यो यसपालि । द्वन्द्वका वर्षहरूमा तरबारको धारमा टेकेर हिँड्नुपर्ने स्थिति थियो । स्वतन्त्र रूपमा एक गाँस खान पाउने अवस्था थिएन, वाक् स्वतन्त्रता र यात्रा स्वतन्त्रता माथि तत्कालीन शासकले अङ्कुश लगाएकै थियो । शान्ति पुनस्र्थापनापछि पनि कहिले कोसीले सुरसाको मुख खोलेर अवरोध सिर्जना ग¥यो भने कहिले कृष्णभीरको रुद्ररूपले ताण्डव मच्चायो । देशमा सल्केको आगो निभाउने प्रयास भए पनि तराईका झिल्काझिल्कीहरू यथावत् नै थिए । आज, भोलि भन्दाभन्दै झन्डै दशक बितेपछि आमालाई ढोग्न पाउने इच्छा बटुलेर लागेको थिएँ म शान्तिनगरतिर । द्वन्द्वमा हिंसा र प्रतिहिंसामा सहादत प्राप्त गरेका मित्रहरूका आफन्तजनलाई श्रद्धाञ्जली पनि व्यक्त गर्नु थियो र घाइतेका मुटुमा मलम पनि लगाउनु छँदै थियो ।

मेरो जन्मभूमिले कहिल्यै युद्ध बोकेर हिँडेन । तर यसले ‘शान्तिका लागि गरिएको क्रान्ति’ लाई धेरैचोटि भात खुवाएको छ । कमसेकम एउटा दरिलो सुरक्षा दिएको छ र मिठो निद्रा दिएको छ । कति महान् छ मेरो जन्मभूमि, युद्धका चपेटामा आफूलाई राखेर निष्पक्ष पहरेदारका रूपमा निरन्तर उभिएको छ यो । महाकवि देवकोटाले नेपाललाई विश्वको सबै भन्दा सुन्दर ठाउँ मानेका छन् । एक पटक शान्तिनगरमा पाइला राख्ने मान्छेले नेपालको पनि सबैभन्दा सुन्दर ठाउँ शान्तिनगर हो भनेर मुक्तकण्ठले भनिदिन्छ । सायद हाम्रा महाकविले शान्तिनगरमा पाइला राख्ने फुर्सद पाएनन् । नत्र अवश्य पनि उनले शान्तिनगरलाई नेपालको सुन्दर स्थानका रूपमा दराउने थिए ।

आफ्नो जन्मभूमिको स्वर्गीय कल्पनामा रमाउँदै म बुधबारेबाट उकालिएँ । चिया बगानको मनोरम दृश्य देख्नेबित्तिकै ममा एक किसिमको तरङ्ग पैदा भयो, आहा ! कति सुन्दर छ मेरो गाउँ । हजार वर्ष बाँचेर म यसको बखान गरिरहूँ । शान्तिनगर उपत्यका छिर्ने बित्तिकै मानिसभित्रको चेतना ब्युँझन्छ र बोल्न थाल्दछ । ऊभित्र केही गर्ने भावना पैदा हुन्छ अनि सिङ्गै शान्तिनगर बोकेर फर्कन्छ ऊ ।

भावनामा झुल्दाझुल्दै मेरा पदचापहरू टिमाई खोलाको पुलमाथि पुगिसकेका रहेछन् । सानो छँदा गाईबस्तु चराउन जाँदा हुर्मत लिएर ज्यानै जोखिममा पार्ने यस खोलामाथि पनि मेरै युगमा पुल बाँधिएछ । साधुवाद छ शान्तिनगर वासीलाई, जसको एक एक पसिनाले यो पुल निर्माण भयो । साँच्ची शान्तिनगरले अब कोल्टे फेरेकै हो त ? पुलमाथि हिँडिरहँदा मैले जीवनकै सबैभन्दा ठूलो अनुभव गरेँ ।

संयोग कस्तो परेछ भने यसै वर्ष मैले साउँ अक्षर चिनेको र एसएलसी उत्तीर्ण गरेको स्कुलको ५० औँ वार्षिकोत्सव परेछ । त्यही पनि महानवमीका दिन । केही मित्रहरूले भनेपछि मैले थाहा पाएँ । ‘अनि मलाई त निम्तो छैन नि ?’ तँ जाबोलाई केको निम्तो, निमन्त्रणा पाउने हैसियतको छस् र तँ ? हो त नि, मेरो के हैसियत छ र, उही त्यस स्कुलको पहिलो ब्याच न हुँ । नबोलाए पनि मैले जानैपर्छ र ज्ञानमन्दिरको धुलो शिरमा लगाउनैपर्छ । मलाई फुलमाला नै किन चाहियो र ? मेरो शान्तिनगरले विकास गरोस्, मेरो गडिगाउँ विश्वविद्यालय बनोस्, शान्तिनगरले सामुदायिक अस्पताल पाओस् अनि यहाँ कालोपत्रे बाटो बनोस्, मैले त कामना पो गर्ने हो त ।

तर मलाई यसपालि शान्तिनगर छिर्नेबित्तिकै कताकता त्यहाँका मानिसहरूबाट केकेको गन्ध आएजस्तो भने लागिरह्यो । मानिस मानिसबीच भेदभावको गन्ध, जालझेल र लुछाचुँडीको गन्ध, स्वार्थ, लोलुपता र वैचारिक विभेदको गन्ध । शान्तिनगरमा पनि यस्तो मान्छे जन्मन्छ र ? म कल्पनै गर्न सक्तिनथेँ । तर जन्माएछ समयले । थाहा पाएँ यसपालि मैले । मान्छेको मुखुन्डो लाएका दानबहरू छ्यासछयास्ती जन्मिएछन् मेरो जन्मभूमिमा ।

अठार वर्षपछि आज मैले मेरो स्कुलमा पुनः पाइला टेक्ने अवसर प्राप्त गरेँ । भौतिक रूपले निकै सम्पन्न भएछ मेरो स्कुल । वरिपरिको दिवाल, स्कुल भवन र त्यहाँको पूर्वाधारले यस स्कुलको सम्पन्नताको परिचय दिएकै थिए । साइनबोर्डले उच्च माविको पगरी गुथेर मुस्कुराइरहेको देख्दा मैले धन्यवाद दिँदै एकपटक मेरो ज्ञान मन्दिरको धुलो निधारमा लगाएर मेरो पवित्र स्कुलभित्र प्रवेश गरेँ ।

हठात् मभित्रको श्रद्धा खुम्चिएर फिस्टोजत्रो भयो । ‘पुनर्मिलन’ नाम दिएर आयोजित कार्यक्रमको सभापतित्व बिचरा एउटा कौवाले गरिरहेको रहेछ जो आफैँ जालभित्र बसेर अपसगुनको राग अलापिरहेको थियो । अरू कौवाहरू वरको रूख र यताउति उड्दै शान्तिनगरमाथि धावा बोलिरहेछन् । पुराना गिद्धहरू आफ्ना कुरकुरे छाती उचालेर सिकार ताकिरहेका थिए । यस्तो लाग्यो, बुढो बाघले सिक्री देखाएर सोझा मानिसहरूको हत्या गरिरहेछ । साँच्ची शान्तिनगर त दुर्गन्धित पो भएछ । बिचरा भूपू विद्यार्थीहरू टुक्रुक्क ढुङ्गामा बसेर टुलुटुलु बिराले आँखा बालिरहेका थिए जसरी बालकका हातबाट खानेकुरो चुहिन्छ र चाट्न पाइन्छ भनी बिरालाले कुर्छ । यता आयोजकका चम्चाहरू औपचारिकताको हलुवा बाँड्न व्यस्त देखिन्थे भने बौद्धिकताले वरको सियाल पनि पाएको थिएन । ‘द्विज शुक’ हरूलाई कौवाहरूले ‘प्राचार्य’ को ललिपप खुवाएर सुगारटाइको गोपी कृष्ण कहो भनाउँदै थिए ।

जे होस् शान्तिनगरले परशु रिजालहरू पनि जन्माएको रहेछ । नितान्त राष्ट्रसेवामा लाग्ने परशुहरूलाई मेरो जन्मभूमिले के दिन सक्छ । कौवाहरूले उनको केकति प्रयोग गर्ने प्रयास गर्लान् तर उनले शान्तिनगरलाई सङ्गीतमय बनाइरहँदा भने मेरो हृदय भावनाले फुलिरहेको थियो । अघि बढ है परशु, तिम्रै सङ्गीतले शान्तिनगरको फोहोर पखाल्नु छ ।

शान्तिनगरले विश्वनाथ उपाध्यायलाई पनि त पाएछ । उनको दर्शनलाई, उनको निःस्वार्थ शान्तिनगरप्रतिको भावनालाई कौवाहरूले के बुझ्लान् र? तर तिम्रो भावना हामीले सँगालेका छौँ है विश्वनाथ, फेरि आएर हामीलाई ब्युँझाइरहनु ।

अनि टीका भण्डारी । टीकादाइ, तपाईँले शान्तिनगरलाई दिएको गुन, के हामी फुलमालाले तपाईँको ऋण तिर्न सक्छौँ र ? अँहँ, तपाईँको ऋण तिर्न त शान्तिनगरले आफूलाई पखाल्नुपर्छ, धुनुपर्छ र स्वच्छ बनाउनुपर्छ । तर यसलाई सफा पार्ने त्यो अलौकिक शक्ति पनि त तपाईँसितै छ । त्यही तपाईँको अजस्र सङ्गीतधाराले शान्तिनगरको फोहोर पखालिरहनुहोस, म यही कामना मात्र गर्नसक्छु । कतै कौवाको बिष्टामय नहोस् मेरो जन्मभूमि, मेरो प्यारो शान्तिनगर, हाम्रो शान्तिनगर ।

सोम, मंसिर १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...