इजरायल रिटर्न सुमन सहित दुईजनाको सवारी दुर्घटनामा मृत्यु

हाम्रो दमक

इलाममा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । गत बिहिबार इलाम नगरपालिका–१, साँखेजुङस्थित कच्चीसडक खन्डमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यक सुमन खनाल केहि बर्ष इजरायलमा काम गरेर नेपाल फर्केका थिए ।

दुर्घटनामा परी जिपका चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सहचालक २० वर्षीय सुनिल गुरूङ र यात्री २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।

उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामबजारबाट देउमाई नगरपालिकाको शान्तिडाँडा, वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नम्बरको जिप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा चालक र सहचालकसहित पाँचजना सवार रहेको प्रहरीले जनाएको छ ।

सोम, मंसिर १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै । साथमा भाग्य चिट्ठा पहिलो पुरस्कार १ तोला सुन

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२...

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८...

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...