वाइडबडी खरिद :लेखा समितिकाे प्रश्नै प्रश्न ! देखियो साढे ६ अर्ब बराबरको घोटाला

‘व्यवसायीहरुका अनुसार जहाज खरिदमा उत्पादक कम्पनीले १० प्रतिशत क्रेतालाई कमिसन दिने गर्छन् भनिन्छ । तर, २४ अर्बको खरिदमा निगमलाई आउनुपर्ने कमिसन २ अर्ब ४० करोड कता गयो ?’

हाम्रो दमक

काठमाडौँ, ९ मंसिर । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् ।

समितिको आइतबार बसेको बैठकमा उनले विमान खरिद प्रक्रियामा प्रश्नै प्रश्न उठाएका छन् । उनले विमान खरिद प्रकरण र आर्थिक संकट लगायतमा उठेका प्रश्नहरु भन्दै लिखित रुपमा नै पेश गरेका छन्, जसमा २४ अर्बमा विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको देखिएको उल्लेख छ ।

‘व्यवसायीहरुका अनुसार जहाज खरिदमा उत्पादक कम्पनीले १० प्रतिशत क्रेतालाई कमिसन दिने गर्छन् भनिन्छ । तर, २४ अर्बको खरिदमा निगमलाई आउनुपर्ने कमिसन २ अर्ब ४० करोड कता गयो ?’ उनले भने, ‘कमिसन, अधिकतम उडान भार कटौती र मूल्यांकन गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ । यसमा निगमको भनाइ के छ ?’

लेखा समितिले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको भन्ने प्रश्न पनि गरेको छ ।जहाज उत्पादक कम्पनी एयरबसले यसअघि जहाज किन्दा ४९ प्रतिशतसम्म छुट दिएको भन्दै लेखा समितिले यस पटक छुटको प्रस्ताव नै नगर्नुको कारण के हो भनेर पनि सोधेको छ ।

लेखा समितिले वाइडबडी खरिद सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट भएको छानबिनमाथि पनि प्रश्न उठाएको छ ।छानबिन समितिका सदस्यहरु निगम सञ्चालक समिति सदस्य र खरिद प्रक्रियामा सहभागी व्यक्तिहरु नै रहेको लेखा समितिले बताएको छ ।

आइत, मंसिर ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

फाल्गुनन्द सहकारीको सातौ बार्षिकोत्सव सम्पन्न

दमक,३ माघ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । किरात भवनमा आयोजित उक्त बार्षिकोत्सवमा दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका...

चन्द्रदर्शन शाकोसको केर्खामा सेवा केन्द्र

 केर्खा ,३ माघ । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले केर्खा वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।विहिबार एक कार्यक्रमका बीच सेवा केन्द्रको गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले उद्घाटन गरे ।...