कहिले बाँडफाँड हुँदैछ तामाकोशीको आईपिओ ,कति कित्ता पर्ला भागमा ?

हाम्रो दमक

काठमाडौँ। माथिल्लो तामाकोशी जलविद्युत आयोजन आईपिओ मंसिर ११ गते बाँडफाँडको हुने भएको छ । तामाकोशीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो

यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिको शेयरमा आवेदन गरिसकेका शेयरधनीले पनि आवेदन गरेका कारण शेयर बाँडफाँडमा ढिलाई भएको हो ।

बिक्री प्रबन्धककका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुनेछ। नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका आवेदक पनि शेयर प्राप्त गर्नबाट बञ्चित हुनेछन् ।

सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदनबाट ६ करोड ७० लाख कित्ता शेयर माग भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार शेयर आवेदन गर्ने सबैलाई न्यूनतम दश कित्ता शेयर दिनुपर्ने व्यवस्था रहेको छ । यस व्यवस्था अनुसार कम्पनीको शेयर सबै आवेदकलाई न्यूनतम ४० कित्ता बाँडफाँड हुनेछ । अधिकतम प्राप्त गर्नेले गोलाप्रथाबाट थप १० कित्ता गरि कूल ५० कित्ता पाउनेछन् ।

शनि, मंसिर ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ वजारमा

दमक ,३० फागुन । दमक ८ स्थित झापा टे«ड कन्सर्नले सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ नयाँ मोवाईल भित्रयाँएको छ । विश्व वजारमा हालै मात्र सार्वजनिक भएको उक्त ‘एस टेन’ नयाँ मोवाईलको आज एक कार्यक्रमका बीच कन्सर्नले...

कामना सेवा बिकास बैकको बिर्तामोडमा ७० औँ शाखा विस्तार

बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार...

झापा गोल्डकपको उपाधि आर्मीलाई, उपाधि उचाल्ने झापाको सपना अधुरै

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै...

डोले आवास एक कार्यक्रमका बिच डोले राजवंशीलाई हस्तान्तरण

बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आइतबार एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ । गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आइतबार...

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण...

झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ र सहारा भिड्दै

बिर्तामोड । भोलिदेखि सुरु हुने झापा गौल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ र पोखराको सहारा क्लब भिड्ने भएका छन् । १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक र पोखराको साहारा क्लब प्रतिस्पर्धा गर्ने...

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

भद्रपुर, १२ फागुन । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् ।  गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा अधिकारी

दमक,११ फागुन । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को छैठौं अधिवेशन अन्तर्गत हालै भएको चुनावी कार्यक्रमबाट दमकका निर्माण व्यवसायी मोहन अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिकारी महासंघको पूर्वाञ्चल क्षेत्रीय समितिमा यस...