गौरीगञ्जमा करदाता शिक्षा कार्यक्रम

हाम्रो दमक

गौरीगञ्ज ६, मंसीर । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज र आन्तरिक राजस्व कार्यालय दमकको संयुक्त आयोजनामा विहिबार यहाँ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सातौं राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर गौरीगञ्ज गाउँपालिकाको सभाहलमा एकदिने कर शिक्षा कार्यक्रम गरिएको हो ।

 


गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका सहजकर्ता आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत सन्तोष न्यौपाने थिए । सहजकर्ताले करको दायरामा आउनेलाई शुल्क तथा ब्याज मिन्हा, आय विवरण बुझाउने कारदातालाई कर शुल्क तथा ब्याज मिन्हा, मूल्य अभिबृद्वि कर विवरण बुझाउने करदातालाई जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिन्हा सम्बन्धि व्यवस्था, अनिवार्य दर्ता सम्बन्धि व्यवस्था, विद्युतिय माध्यमबाट वीजक जारी गर्ने सम्बन्धि व्यवस्था, नक्कली बिजकमा जरिवानाका विषयमा सहजीकरण गरेका थिए ।

झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष तथा वार्ड नं ३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा भएको सो करदाता शिक्षा कार्यक्रमको उद्घाटनमा ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणी भट्टराई, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठक, अतिथि कर अधिकृत सन्तोष न्यौपाने, नेकपा एमालेका पार्टी प्रतिनिधि केदार ढुंगेल, समाजसेवी लक्ष्मी पाठक,देवी प्रसाद राजवंशी, प्राईम नेपाल वैंक लिमिटेडका प्रमुख कमला चापागाईं, कमर्शियल बैंकका गौरीगञ्ज म्यानेजर शरद काफ्ले, प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवंशी, ज्ञ्यानोदय मावि गौरीगंजकी प्रिन्सिपल कल्पना थापा, युनिभर्सल एकाडमीका प्रिन्सिपल कमलेश्वर राजवंशी, मुनलाईट एकाडमीका प्रिन्सिपल विजय सिंह गन्गाई, साना किसान सहकारी संस्था गौरीगञ्जका प्रमुख डम्बर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

करः समृद्धि नेपाल, सुखी नेपालीको भर भन्ने नाराका साथ शुरु भएको कर दिवस साप्ताह भोलि शुक्रबार समापन हुने कार्यालयले जनाएको छ । दमकको बाणिज्य संघमा हुने अन्तरकृयासहितको समापन कार्यक्रममा एक जना उत्कृष्ट करदाता र एक जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यालयका प्रमुख राम प्रसाद पाठकले बताए । उनका अनुसार मंसिर १ गते प्रभातफेरी र रत्तदान, २ गते प्रचारप्रसार, ३ गते दमकमा सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्षहरूसंग अन्तरक्रिया, ४ गते केर्खामा कर शिक्षा तथा अन्तरक्रिया, ५ गते शिवगंजमा कर शिक्षा तथा अन्तरक्रिया, ६ गते गौरीगञ्जमा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न गरिसकेको छ ।
आन्तरिक राजस्व कार्यालय दमकमा १३ हजार ७ सय ५० जना करदातामध्ये १६ सय करदाता भ्याटमा दर्ता छन् भने ३९ सय करदाता अन्तशुल्कमा दर्ता रहेको जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७४ र ७५ मा ४१ करोड रूपैया राजस्व संकलन भएको छ भने आर्थिक वर्ष ०७५र ७६ मा ५२ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ ।

बिहि, मंसिर ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...