टानको कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियुक्त

हाम्रो दमक

काठमाडौँ। ट्रेकिंङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान )को कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियुक्त भएका छन। टान कार्यसमितिको कार्तिक १६ को बैठकको निर्णय अनुसार मंसिर ४ गते कानुनी सल्लाहकारमा मैनालीलाई नियूक्त गरिएको हो ।

टान सचिवालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा बोल्दै टानका अध्यक्ष श्री नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि कानूनी सल्लाहकारको आवश्यकता भएको मैनालीलाई नियुक्त गरिएको र टानले कानूनी सल्लाहकारबाट वैधानिक दिशा पाउने र कानूनी समस्याहरू समाधान गर्दै प्रभावकारी कार्य गर्न मदत पुग्ने आशा राखिएको बताए ।

कार्यक्रममा टानका महासचिव आङ पेम्बा शेर्पाले विभिन्न ट्रेकिङ क्षेत्रहरूमा कानूनी र प्रभावकारी ढंगले पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) लागू गराउन कानूनी सल्लाहकारबाट सहयोग मिल्ने बताउँदै टानले टिम्स काउन्टर बन्द गराई अवैध रूपमा प्रवेश शुल्क उठाउदै आएको, पदयात्रा क्षेत्रका होटलहरुले मनपरी शुल्क उठाउदै आएको,अन्नपूर्ण संरक्षण क्षेत्रले अग्रिम सूचना बिना बढाएको शुल्क लगायतका समस्याहरुबारे मन्त्रालय र सम्बन्धित संघ संस्थाहरूमा बारम्बार ध्यानाकर्षण गराउंदा समेत बेवास्ता गरिएको बताए ।

बुध, मंसिर ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

अग्रज पत्रकार भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत

अग्रज पत्रकार तथा बरिष्ठ संञ्चारकर्मी चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोहमा भण्डारी आइतबार सम्मानित हुनु...

युवाहरुको सामुहिक लगानीमा बर्गर हाउस खोल्ने तयारीमा कुसुम

पुर्वी पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिकाका कुसुम तुम्बा यतिबेला युवाहरुको सामुहिक लगानीमा पुर्वको प्रमुख शहर इटहरीमा बरगर हाउस संचालनको तयारीमा संघर्षरत छन । युवाहरूलाई रोजगारी दिलाउने उदेश्यका निम्ति युवाहरूको निजि लगानीमा सो बर्गर हाउस संचालनको...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

पर्यटनको विकास गर्न सके बुद्धशान्ति संवृद्ध बन्छ

बुद्धशान्ति । तीन तहको राज्य संरचना तय भएपछि कुन स्थानीय निकायमा कस्तो संम्भावना छ ? भनेर त्यसको खोजी गरी संम्भावनालाई यथार्थमा बदलेर संवृद्धशाली स्थानीय निकायमा परिणत गर्न विभिन्न स्थानीय तहका जनप्रतिनिधि कम्मर कसेर लागेका...

पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य-गोकुलम रिसोर्ट

बिर्तामोड । यो समय पिकनिकको समय हो । पिकनिक जानका लागि तपाई कुनै उपयुक्त ठाउँको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने एउटा उत्कृष्ट गन्तव्य इटहरी नजिकको गोकुलम रिसोर्ट पनि बन्न सक्छ । जाडो मौसम सुरु...

मजदुर संगठनहरुको तालाबन्दी सम्बन्धमा वार्ता गर्न टानले बनायो वार्ता समिति

काठमाडौँ । ट्रेकिंङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले सचिवालयमामा पर्यटन मजदुर संगठनहरुले गरेको तालाबन्दी सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेको छ। सचिवालयमामा नेकपाको जिफन्ट सम्बद्द युनिकार्भ तथा अखिल नेपाल पर्यटन श्रमिक संघ र कांग्रेस निकट नेपाल...

नेपाली सेनाले खुलायो यत्रो संख्यामा भर्ना

काठमाडौँ। नेपाली सेनाले बिभिन्न पदमा भर्ना खुलाएको छ। कल्याणकारी योजना निर्देशनालय , जंगी अड्डाले बिशेषगरी स्वास्थ्य क्षेत्रमा आवश्यक बिभिन्न पदमा जनशक्ति भर्नाका लागि आबेदन खुला गरेको हो हेर्नुहोस बिज्ञापन : ...