इजरायलमा धुमधाम चासोक तङ्नाम २०७५ मनाइदै

हाम्रो दमक

इजरायल | याक्थुङ (लिम्बु) हरुको मौलिक राष्ट्रिय चाड चासोक तङ्नामको अवसरमा इजरायलमा चासोक तङ्नाम कार्यक्रम हुने भएको छ ।

परापुर्वकाल देखि नै लिम्बुहरुले यो चाड मनाउदै आएको इतिहासहरुमा पाइन्छ । ति मुन्धुम दर्शन, दार्शनिक याक्थुङहरुले मानव उत्पत्ति पछि मानव प्राणिका लागि अति आवश्यक गास, बास, कपास क्रमशः बिकास हुने क्रममै खाद्यान्न (बालिनाली) जस्तै धान, मकै, कोदो, जौ, भट्मास आदि भण्डारण गर्नु अघि पुजा गर्ने चलन चल्दै आएको छ ।

यो संस्कृतिलाई चासोक तङ्नाम भनेर नामकरण गरिएको इतिहासमा पाइन्छ । (याक्थुङ) लिम्बुहरु प्रकृति पुजक भनेर पनि भन्ने गरिन्छ । नेपाल भित्र बोलिने भाषा, लिपी, धर्म, कला संस्कृति, भेषभुषा सबै राष्ट्रको गहना, गौरव अनि नेपाली हुन । नेपालमा बोलीन्ने १२३ भाषा मध्येको एउटा लिम्बु (याक्थुङ) भाषा, सिरिजङ्गा लिपी पनि हो । नेपालीहरुले लाउने पोशाकहरु मध्येमा एउटा पोशाक लिम्बु (याक्थुङ्बा) पोशाक पनि एक हो जस्लाई “तागाबा र मेख्ली” भनिन्छ । लिम्बुहरुले आफ्नो संस्कृति परम्परा अनुसार मनाउने चासोक तङ्नाम पनि लिम्बु (याक्थुङ) समुदायको एउटा ठुलो मौलिक चार्डको रुप लिने गरिन्छ ।

त्यसैले किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा गएको वर्षहरुमा झै यस वर्ष पनि येले तङ्बे ५०७८ (२०७५) सालको चासोक तङ्नाम कार्यक्रम नेपालबाट आमन्त्रित याक्थुङ साम्लो नेपाली दुइ चर्चित कलाकारहरु गायक तथा मोडल रुकमान लिम्बु र गायक जेपी नेम्बाङ्को बेजोर्ड प्रस्तुति सँगै धुमधाम सँग इजरायलमा मनाउन लागिरहेको हो ।

सोम, मंसिर ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी गरिदै

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी,  प्रथम स्थान प्राप्त गर्नु हुने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि प्राप्त हुने नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १...

कियाचु इजरायलले छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा गर्दै

इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलले आउदो अप्रिल १३, २०१९ का दिन इजरायलको तेलअविवमा संस्थाकाे छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा कार्यक्रम गर्ने भएकाे छ। कियाचुका अनुशार इजरायलकाे हकमा समयकाे अत्यन्तै अभाव रहेकाेले बार्षिकाेत्सव र साधारण...

प्रवासी सृजनशील महिला समुहको तेश्रो वार्षिकोत्सव सम्पन्न

इजरायल | इजरायलमा स्थापित झापा दमकेली महिलाहरुको समूह प्रवासी सृजनशील महिला समुहले आफ्नो स्थापनाको तेश्रो वर्ष सफल्तापुर्वक सम्पन्न गरेको छ । इजरायलको तेलअविभ स्थित यसोधामाला-३८ मा यहि मार्च १६ मा उक्त कुराको जानकारी गराउदै तेश्रो...

सन्दीप भण्डारीलाई अध्यक्ष चुन्दै सकियो झापाली समाज इजरायलको तेश्रो अधिवेशन

इजरायल | झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ इजरायल स्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा २०१९/२२ समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । औपचारिकरुपमा तत्कालिन अध्यक्ष गणेश गौतम सागरको...

प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा

इजरायल | प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । बैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका झापा दमकका महिलाहरुको समूहले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाउन लागेको हो । यहि मार्च १६, २०१९ शनिबार बिहान...

अन्तर्राष्ट्रिय झापाली समाजलाई अमेरिकाको न्यूयोर्क सिटीको सम्मान

न्यूयोर्क | अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो...

अमेरिकामा नेपाली युवाको सफलता, लस्ट डचम्याच दौड प्रतियोगितामा हजारौलाई पछि पार्दै पदक

अमेरिका–अमेरिकाको एरिजोना राज्यमा हालै सम्पन्न ‘लस्ट डचम्यान’दौड प्रतियोगितामा ललितपुरका दर्शन सिंहले पदक जितेका छन् ।उनले १० किलोमिटर दुरीको दौड प्रतियोगितामा दोस्रो हुँदै पदक जितेका हुन् । सिंहलेनिर्धारित दुरी पूरा गर्न ४४ मिनेट २३ सेकेण्डको समय...

शुभयात्रा एप्सबारे युएईमा अन्तरक्रिया

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे युएईका विविध शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेब्रुअरीमा दुबईकै इन्टरनेसनल...

युएईको अलएनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै

कमल न्यौपाने– नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ...

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...