मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

भनिन्छ आमा संसारमै सबै भन्दा निस्वार्थ मायाकी खानी अनि न्यानो काख हुन्छ र बाको औला समाउन पाए लर्खराएका पाइला पनि अडिन्छ अनि एउटा कुशल मार्गनिर्देशन भन्छ तर ती नै बा र आमाका लागि स्वदेशको आखामा, मनमा आमा बा प्रती सम्मान भन्दा पनि घृणा भेटिन्थ्यो ।

हाम्रो दमक

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ ।

मङ्सिर भित्रीदै गर्दा हुर्कदै गरेको कठाङ्ग्रीने जाडो त्यस्मा पनि काठमाडौ जहाँ लाखै मान्छेको सपनाहरू यत्रतत्र छरीएका छन तिनै सपनालाइ पछ्याउँदै हतारोमा कुदिरहेका मान्छेको ओहोरदोहोर र ती आफ्नै रफ्तारमा कुदिरहेका गाडीहरूको दृश्य अवलोकन गर्दै कफिको चुस्की सङ्गै गफिदै थियो । त्यो पसले दाइ र दिदी सङ्ग त कोटेश्वर र बानेश्वर धाउदा कफि खाने क्रममा चिनजान नै थियो ।

एक खाल्को आत्मियता थियो त्यहाको पसले सङ्ग अनि त्यहाको कफिसङ्ग तर त्यही पसलमा घरी बिस्कुट त घरी चक्लेट माग्न्ने लगभग ६l७ वर्षको बालक सङ्ग चिनजान थिएन केबल उनको वालापनको स्वभावलाइ नजरअन्दाज चाहिँ लगाउदैथिएउ । जाडोमा हाल्फपाइन्ट लगाएको अनि चप्पल रातो ज्याकेट माथी स्विटर लगाएको केटो एकअर्कामा हामी मुखामुख गरेउ बिलाउदा मायालु भाकामा अनि लजालु तरीकाले नमस्कार गर्यो । उनको नाम थियो स्वदेस थिं उनी सङ्ग एउटा अतभुत कला भेटियो जुन बेला उनी जत्रै उनको साथो आएर लुगा उचाल्दै भुँडी हलाउन लगायो उनको भुडिको भाइ अनि पछाडिको भाग सबै तिर घुमाउन सक्ने अनि भुडिको भागलाइ ढाड सम्म पुर्याउनु सक्ने क्षमता भेटियो । त्यो दृश्यले मेरो मनमा अनि म सङै कफि खाने, संचारकर्मी साथिहरुले पनि उनि प्रती उठेका जिज्ञासाहरु लाई सोध्ने र लेख्ने कहुतलता जागेर आयो ।

स्वदेश थिं र उनको कथा मन बिनाको धन ठूलो कि धन बिनाको मन गित गाएर आफ्नो कथा सुनाउन लागे स्वदेश थिंले असोक दर्जिको गित असाध्य मन पर्ने बताउने स्वदेश एपल ईन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्यनरत छन । उनि अहिले ७ वर्षको भए । अशोक दर्जिको गितलाइ सुरु देखि अन्तिम सम्म नै कण्ठ पारेका छन । धन ठूलो कि मन ठूलो ? भन्ने प्रश्नले कुनै दुइमत नभई अवोध मस्तिष्कले पनि फ्याट जवाफ दिए ‘मन ठूलो !’ गित र उनको उत्तर जस्तै उनको जीवन पनि धन भन्दा मनको संरक्षणमा हुर्किएको भेटियो ।

२ वर्षको दुधे बालक हुँदा देखि हजुरबुबा र हजुरामाको काखमा हुर्किएका रहेछ्न । २ वर्षको हुदा आफ्नो आमा हुदाहुदै बाबाले सौतेनी आमा ल्याएर उनी र उनको आमालाइ छोडेर गएको अनि आमाले पनि उनलाइ छोडेर विदेश गएको तर उतै अर्को सङ्ग बिहे गरेको हुनाले आमा बाबाको याद नै नगर्ने उनको हजुरामा ठाकु माया थिं बताए ।

आमा बाबाको माया लाग्छ भन्ने प्रश्नले केही भावुक बनायो एकै शब्दमा जवाफ दिए लाग्दैन । आमा बाबा कहाँ हुनुन्छ ? अलिकति पनि नधकाइ जवाफ दिए -‘पोइला ‘,उनको अवोध अनि निर्दोष आमा बा प्रती घृणा बाहेक केही भेटिन । भनिन्छ आमा संसारमै सबै भन्दा निस्वार्थ मायाकी खानी अनि न्यानो काख हुन्छ र बाको औला समाउन पाए लर्खराएका पाइला पनि अडिन्छ अनि एउटा कुशल मार्गनिर्देशन भन्छ तर ती नै बा र आमाका लागि स्वदेशको आखामा, मनमा आमा बा प्रती सम्मान भन्दा पनि घृणा भेटिन्थ्यो ।

हजुरबुबा र हजुरामा सङ्ग नै बस्न रुचाउने स्वदेशलाई सानोमा ताते सिकाउने अनि बोल्न सिकाउने ती हजुरबा , हजुरामा पनि उनको बाको काका काकी रहेछन । आफ्ना हजुरबा र हजुरामा चाहिँ गाँउमा बस्दैआइरहेको ठाकुमाया थिंले बताए । आज सम्म स्वदेशको बा आमाले सन्चो बिसन्चो पनि नसोधेको र उनका लागि एक रुपैयाँ पनि खर्च नगरेको गुनासो पनि पोखिन हजुरामाले भविष्यमा डक्टर पनि कलाकार पनि बन्ने ती बाल मस्तिष्कमा स्वर्णिम सपना बोकेर हिडेकाछ्न ।भनिन्छ ‘खाली दिमाग सैतानको घर ‘त्यही भनाइ मिल्दोजुल्दो पनि छ उनको स्वभावमा धेरै जस्तो टिभी हेर्न रुचाउँछन् उनी अनि टेलिभिजनमा जे देख्यो त्यस्को नक्कल गर्ने क्रममा बाबा राम देवको योगा बाट पेट्लाइ तल माथी अनि ढाडमा पुर्याउन सकेको बताए उनका हजुर बा र स्वयं स्वदेश आफैले धेरै जस्तो पतंजली बिस्कुट खाने अनि रामदेव बाबा जस्तै बनेको बताउछ्न ।

सोम, मंसिर ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...