समाजसेवा र कलाकारितामा रम्दै युएईका एक नेपाली ब्यवसायी राम्रीमा भए मोडल, भिडियो सहित

हाम्रो दमक

युएई । युएईको नेपाली समुदायमा सफल ब्यावसायी र सामाजिक अभियन्ताको परिचय बनाएका ओम उप्रेती नेपाली कलाकारितामा पनि उत्तिकै क्रियाशिल रहेका छन् । युएईमा लामो समयको रोजगारी पछी लाइफ गार्डको तालिम र सप्लाईको ब्यवसाय संचालन गर्दै आएका खैरेनी, चितवनका उप्रेती नेपाली कलाकारिताको क्षेत्रमा युएईबाट भए पनि योगदान दिइरहेका छन् ।

युएईको व्यवसायिक व्यस्तता, नेपालका १७ जिल्लाका करिबकरिब ३ हजार जनालाई नि:शुल्क प्राथमिक उपचार प्रदान गर्दै आएका उप्रेतीले पछिल्लोपटक तालिमकै सिलसिलामा नेपाल गएको अवसरमा राम्रीमा राम्री जूनभन्दा राम्री ……बोलको गीतको म्युजिक भिडियोमा गोदावरीमा अभिनय गरेका थिए । नेपाली पानीमा जनताको लगानी बोलको देशभक्ति गीतको भिडियोबाट अभिनय प्रारम्भ गरेका उप्रेतीले एक्सन नायक निखिल उप्रेतीको नयाँ प्रोजेक्ट फरक धारको नेपाली चलचित्रमा पनि अभिनय गर्ने बताएका छन् । युएईमा रहेर पनि नेपाली कला र समाजको हितका लागि समय व्यवस्थापन गर्न सक्नु आफैमा एक उदाहरणीय काम सिद्ध भएको छ ।

ब्यावसाय, समाजसेवा र कलाकारिताका त्रिवेणि ओम उप्रेतीले पछिल्लो पटक निकै गायक तुलसी सिवाकोटीको स्वरमा रहेको” राम्री “बोलको गीतको भिडियोमा समेत अभिनय गरेका छन् । युरोपमा बसी नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु प्रदान गरिरहेका गायक शिवाकोटीको गत नोभेम्बर १५ मा सार्वजनिक रोमान्टिक गीतमा युएईमा कार्यरत नेपालीले अभिनय गर्नु आफैमा एक संयोग हो । यो संयोग भने उक्त म्युजिक भिडियो निर्देशक रोशन श्रेष्ठले गराएका हुन् । रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठको उत्कृष्ट संगीत रहेको छ भने अद्रिसय कुलुङ्गको उत्कृष्ट शब्द रहेको छ । कोरियोग्रफर सञ्जय लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा,ओम उप्रेती र बिनिता ओलीको उत्कृष्ट अभिनय रहेको छ भने माधव बेल्बासेले गीतको म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् ।

यस म्यूजिक भिडियोमा अभिनय गरेका ओम उप्रेती, डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक हुन । उनले युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन नेपालका १७ जिल्लामा निशुल्क प्राथमिक उपचार तालिम दिदै आएका छन् । हेर्नुहोस् गीतको भिडियो

सोम, मंसिर ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी गरिदै

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी,  प्रथम स्थान प्राप्त गर्नु हुने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि प्राप्त हुने नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १...

कियाचु इजरायलले छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा गर्दै

इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलले आउदो अप्रिल १३, २०१९ का दिन इजरायलको तेलअविवमा संस्थाकाे छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा कार्यक्रम गर्ने भएकाे छ। कियाचुका अनुशार इजरायलकाे हकमा समयकाे अत्यन्तै अभाव रहेकाेले बार्षिकाेत्सव र साधारण...

प्रवासी सृजनशील महिला समुहको तेश्रो वार्षिकोत्सव सम्पन्न

इजरायल | इजरायलमा स्थापित झापा दमकेली महिलाहरुको समूह प्रवासी सृजनशील महिला समुहले आफ्नो स्थापनाको तेश्रो वर्ष सफल्तापुर्वक सम्पन्न गरेको छ । इजरायलको तेलअविभ स्थित यसोधामाला-३८ मा यहि मार्च १६ मा उक्त कुराको जानकारी गराउदै तेश्रो...

सन्दीप भण्डारीलाई अध्यक्ष चुन्दै सकियो झापाली समाज इजरायलको तेश्रो अधिवेशन

इजरायल | झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ इजरायल स्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा २०१९/२२ समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । औपचारिकरुपमा तत्कालिन अध्यक्ष गणेश गौतम सागरको...

प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा

इजरायल | प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । बैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका झापा दमकका महिलाहरुको समूहले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाउन लागेको हो । यहि मार्च १६, २०१९ शनिबार बिहान...

अन्तर्राष्ट्रिय झापाली समाजलाई अमेरिकाको न्यूयोर्क सिटीको सम्मान

न्यूयोर्क | अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो...

अमेरिकामा नेपाली युवाको सफलता, लस्ट डचम्याच दौड प्रतियोगितामा हजारौलाई पछि पार्दै पदक

अमेरिका–अमेरिकाको एरिजोना राज्यमा हालै सम्पन्न ‘लस्ट डचम्यान’दौड प्रतियोगितामा ललितपुरका दर्शन सिंहले पदक जितेका छन् ।उनले १० किलोमिटर दुरीको दौड प्रतियोगितामा दोस्रो हुँदै पदक जितेका हुन् । सिंहलेनिर्धारित दुरी पूरा गर्न ४४ मिनेट २३ सेकेण्डको समय...

शुभयात्रा एप्सबारे युएईमा अन्तरक्रिया

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे युएईका विविध शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेब्रुअरीमा दुबईकै इन्टरनेसनल...

युएईको अलएनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै

कमल न्यौपाने– नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ...

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...