शाखाले प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना गर्दै क्यान महासंघ मोरङ

हाम्रो दमक

विराटनगर । क्यान महासंघ मोरङ शाखाले आउँदो पुस १९ गतेदेखि ५ दिनसम्म प्रदेशस्तरीय क्यान इन्फोटेक २०१९ गर्ने भएको छ ।

क्यान मोरङ शाखाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी इन्फोटेक गर्ने जानकारी गराएको हो । क्यान माहासंघ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्टलगायतका कार्यक्रमहरुमार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण पनि संचालन हुने क्यान मोरङ मोरङका अध्यक्ष राजन प्रसाद यादवले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कम्युटर एसोसिएसन महासंघका महासचिव डाक्टर पवन कुमार शर्माले इन्फोटेकले विराटनगरलाई बिजनेस हवको रुपमा विकास गर्ने गरी सहयोग गर्ने बताउनु भयो ।

इन्फोेटेकमा १ सय २० वटा विभिन्न स्टल रहने र ४ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ८० लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । १ नम्बर प्रदेशमा क्यानका ५ सय बढी सदस्य रहेका छन् ।

आइत, मंसिर २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

हरियाली सामुदायिक वनद्वारा वैज्ञानिक वन व्यवस्थापन सुरु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ...

बच्चालाई मोबाइल हेर्नबाट कसरी कन्ट्रोल गर्ने ?

शनिबारको बिहान  १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन्...

कक्षा ११ पढ्ने नेपाली विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने यस्तो प्रबिधि !

काठमाडौं, २ मंसिर ।  महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले बलात्कारवाट जोगाउने मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन...

फेसबुकले ल्यायो टिकटकलाई चुनौति दिने यस्तो एप

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम बिककय रहेको छ...

सामसुङको बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पाँचौ डेभलपर सम्मेलन गर्दै सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा ट्याबलेटको स्वरुपमा...

यस्तो बिशेषता सहित डबल डिस्प्ले स्मार्टफोन लञ्च गर्ने तयारीमा सामसुङ

एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु...

नेपाली शेयर बजारमा नयाँ युग :अब शेयर किनबेचमा पूर्ण स्व:चालित अनलाइन प्रणाली लागु

काठमाडौँ। मङ्गलबारदेखि शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। नेपाल स्टक एक्सचेञ्ज नेप्सले एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको ...

अवदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने

काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि...

एप्पलले ल्यायो यस्तो विशेषता सहित हालसम्मकै पातलो आइप्याड

एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड बजारमा ल्याएको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९...

बिपी हाइवेबारे सबै जानकारी लिन मिल्ने नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोग ,यसरी लिनुस जानकारी

काठमाडौं । बिपी हाइवेको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । जसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न...