आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

कोच आदिवासी महिलाको हकअधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, नेतृत्व विकास, न्याय र सूचनामा स्थानीय तहमा पहुँच वृद्धि गर्न माग

हाम्रो दमक

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा कसरी बढाउने ? यसमा तपाईंको प्रतिबद्धता पहल र सहयोग के रहन्छ ? भन्ने विषयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले कोच आदिवासी महिलाका समस्याहरु समाधान गर्न आफूहरु लागीपर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रवित्रा महतारा प्रसाईं र कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले आफूहरु पनि महिला नै भएर स्थानीय तहको नेतृत्वमा पुगेकोले आ–आफ्नो नगरपालिका क्षेत्रमा रहेका कोच आदिवासी महिलाहरुलाई हकअधिकार दिलाउन, उनीहरुलाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउन आफूहरु लागीपर्ने बताए ।
आफ्नो अधिकार प्राप्तिका लागि आफै जुट्नुपर्ने बताउँदै उनीहरुले समस्याको पहिचान गरेर त्यसको समाधानका लागि आफ्नो क्षेत्रबाट जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने बताएका थिए ।

कोच आदिवासी महिलाको हकअधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, नेतृत्व विकास, न्याय र सूचनामा स्थानीय तहमा पहुँच वृद्धिका लागि आफूहरुको पनि कर्तव्य भएकाले कोच आदिवासी महिलाहरुलाई ती अधिकार दिलाउन प्रतिबद्ध रहने उनीहरुले बताए ।
त्यस्तै सामाजिक, आर्थिकरुपले पछाडि परेका महिलाको सशक्तिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेर उनीहरुलाइ विभिन्न स्वरोजगारमुलक सीपहरु सिकाएर आत्मनिर्भर बनाउन कोच आदिवासी महिलाको लागि पर्याप्त बजेट विनियोजन गर्ने समेत उनीहरुले बताए । कोच आदिवासी महिलाका समस्या समाधान गर्न लक्षित समूहको कार्यक्रम मार्फत बजेट विनियोजन गर्ने उनीहरुले बताए ।
छलफलमा सहभागी कोचिला महिला फ्रण्टका कोच आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा कोचिला गाभुर फ्रण्टकी कोषाध्यक्ष सविनासिंह राजवंशी, सदस्य पार्वती राजवंशी, मेचीनगर कोषाध्यक्ष किरण राजवंशी, कोचिला महिला फ्रण्टकी सल्लाहकार सुकमति राजवंशी, उपाध्यक्ष नौतली राजवंशी, सहसचिव बेनुका राजवंशी, बिर्तामोड नगर अध्यक्ष शर्मिला राजवंशी, कोषाध्यक्ष रेणुका राजवंशी, सदस्य कमला राजवंशी लगायतले आ–आफ्नो क्षेत्रमा भएका कोच आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए ।

उनीहरुले कोच आदिवासी महिलाले भाषा, जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्व विकासका विषयलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए । कोच आदिवासी महिला अन्य महिलाभन्दा धेरै पछाडि रहेकाले उनीहरुलाई अघि बढाउन स्थानीय तहले आरक्षणको व्यवस्था गरेर बजेट विनियोजन गरी शिक्षा स्वास्थ्य तालिम लगायतका जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका थिए ।
हरेक क्षेत्रमा महिला आरक्षण सिटमा कोच आदिवासी महिलाहरुलाई प्राथमिकता दिनुपर्ने, कोच आदिवासी महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने कोचको मातृभाषालाई प्राथमिकता दिएर कोच आदिवासी महिलाहरुलाई हकअधिकारबारे महिला लक्षित कार्यक्रम चलाउनुपर्ने बताएका थिए ।

त्यस्तै कोचिला गाभुर फ्रण्टका अध्यक्ष अभय राजवंशीले कोच आदिवासी महिलाहरु अन्य महिलाको तुलनामा पछि परेको हुँदा स्थानीय सरकारले विशेष प्राथमिकता दिएर बजेट छुट्याउनुपर्ने, कोच आदिवासी महिलाहरुको हकअधिकार स्थापित गर्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले चासो र प्राथमिकता दिनुपर्ने बताए ।
त्यस्तै सञ्चारकर्मी सुष्मा राजवंशीले कोच आदिवासी महिलालाई खुला समाजमा आउने वातावरण निर्माणमा जोड दिइन् । छलफलको सहजीकरण संवाद समूहको सचिवालय संयोजक लीला नेपाल र सहसंयोजक कमला भट्टराईले गरेका थिए ।

आइत, मंसिर २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

भोजराज चापागाईको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

बिर्तामोड । रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईले नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । जेसीज अभियानमा सफल र कुशल नेतृत्वकर्ताका रुपमा पहिचान बनाउनु भएका चापागाई नवलपरासी...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

धुलावारी जेसीजमा केशव, मेचीनगर लेडीमा मञ्जु निर्वाचित

मेचीनगर। मेचीनगर लेडी जेसीजका अध्यक्षमा मञ्जु खनाल चयन भएकी छिन् । शाखाको सम्पन्न ५ औँ अधिवेशनलाई पोखरेललाई अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सिता गिरी पुरी र सविता पोखरेल चयन भएका छन्...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...