नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

विश्व खाद्य कार्यक्रम डब्लूएफपीले भुटानी शरणार्थीलाई खाद्य सहायता बन्द गर्ने घोषणा

हाम्रो दमक

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका १५ औं पटक सम्म भएका वार्ताले पनि शरणार्थीको स्वदेश फिर्तिका विषयमा कुनै पनि उपलब्धि हासिल गर्न सकेको थिएन । अहिले नेपाल सरकारले पुन १६ औ पटक भुटान सरकार संग बार्ता गर्ने तरखर गरेको छ । यस अघि सन् २००२ मा बिना निष्कर्ष बार्ता स्थगित भए यता पुन यो मामिलामा दुई देश विच बार्ता हुन सकेको थिएन ।

दुईपक्षीय वार्ता स्थगित भएको करिब १६ वर्षपछि नेपाल सरकारको गृह मन्त्रालयले कात्र्तिक २८ गते भुटानसँगको वार्ता पुनः थाल्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । शरणार्थी समस्या समाधानमा केन्द्रित वार्ताका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिएको शरणार्थी मामिला समन्वयसम्बन्धी राष्ट्रिय एकाइका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले बताउनु भयो । दुईपक्षीय वार्ताका लागि मन्त्रिपरिषदको स्वीकृति आवश्यक रहेकाले यो प्रकृया शुरुगरिएको सुवदीले बताउनु भयो ।

भुटानमा पछिल्लो पटक सम्पन्न निर्वाचन पछि गठित सरकारबाट यो मामिलामा सुकारात्म उपलब्धि मिल्न सक्ने संभावना देखिएको गृहका एक अधिकारीले जनाएका छन । सन् १९९३ मा बाङ्लादेशको ढाकामा सार्कको तेस्रो शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भुटानी नरेश जिग्मे सिङ्गे वाङ्चुकबीच अनौपचारिक छलफल भएपछि गृह र परराष्ट्रमन्त्रीस्तरमा वार्ताको शृंखला शूरु भएका थिए । यसअघि सन् २००२ मा झापाको खुदुनावारीस्थित शरणार्थी शिविरका १२ हजार ९५ शरणार्थीको प्रमाणीकरण गर्दा ७६ प्रतिशत भुटान फर्किनसक्ने देखिएको थियो । त्यसपछि भुटान शरणार्थी मुद्दाबाट एकपक्षीय रूपमा पछाडि हटेको थियो ।

नेपालमा शरणागत आफ्ना नागरिक फिर्तिका लागि भुटान तयार नभएपछि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगले सन् २००८मा शरणार्थीको तेस्रो देश पुनर्वास शुरु गरेको थियो । पुनर्वासलाई शरणार्थीका लागि मानवीय विकल्पका रूपमा लिइएको थियो । यहि कार्यक्रम अन्र्तगत अहिले करिब ९५ प्रतिशत भुटानी शरणार्थीहरु तेस्रोदेश पुर्नवासका क्रममा अमेरीका, यूरोप र अष्ट्रेलियाका बिभिन्न आठ वटा मुलुकमा पुगिसकेका छन । हाल शिविरमा ६ हजारको हाराहारीमा मात्र शरणार्थीहरु रहेका छन ।

शुरुमा ६० हजारका लागि भनिएको पुनर्वासमा हालसम्ममा १ लाख १३ हजार १९६ जना भुटानी अमेरिका, डेनमार्क, नेदरल्याण्ड्स, नर्वे, बेलायत, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्याण्ड गइसकेका छन्। हाल शिविरमा ६ हजार ६५६ जना भुटानी शरणार्थी छन्। अब हुने वार्तामा ती शरणार्थीको विषयमा छलफल हुने गृहका अधिकारीहरूले हिमालखबरलाई बताए।

यसैबीच, संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगका एशिया प्रशान्त क्षेत्रीय निर्देशक इन्द्रिय रतवाते गृहका अधिकारीहरूसँग परामर्शमा व्यस्त छन्। २९ कात्तिकदेखि काठमाडौंमा रहेका उनले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईसँग पुनर्वासपछि बाँकी रहेका शरणार्थीबारे छलफल गरिरहेका छन्।

खाद्य सहायता बन्द गर्दैछौं विश्व खाद्य कार्यक्रम

यसैबीच, विश्व खाद्य कार्यक्रम डब्लूएफपीले भुटानी शरणार्थीलाई खाद्य सहायता बन्द गर्ने घोषणा गरेको छ।

झापाको बेल्डाँगीस्थित विश्व खाद्य कार्यक्रमको बन्द गोदाम काठमाडौं स्थित डब्लूएफपीको कार्यालयले ३० कात्तिकमा विज्ञप्ति प्रकाशित गर्दै सन् २०१८ को अन्त्यसँगै शरणार्थीलाई दिँदै आएको खाद्य सहायता बन्द गर्ने बताएको हो।

विज्ञप्तिमा विगत २५ वर्षमा भुटानी शरणार्थी खाद्य सहायतामा २५ अर्ब ९८६ मिलियन डलर खर्च भएको उल्लेख छ।

शरणार्थीको असन्तुष्टी

झापाको बेलडाँगीस्थित शरणार्थी शिविरका सचिव टीकाराम रसाइलीले खाद्य सहायता बन्द हुँदा गम्भीर मानवीय विपत्ती निम्तिने चेतावनी दिएका छन्। उनले भने “एक जना पनि शरणार्थी रहुन्जेल सहायता चालु हुन्छ भन्ने पूर्वप्रतिबद्धताबाट सहायता संस्था पछाडि हट्नु हाम्रा लागि ठूलो दुःखको कुरा हो।”

हाल शिविरमा रहेका शरणार्थीमध्ये असहाय महिला र रोगी वृद्धवृद्धाकोसंख्या उल्लेख्य रहेकाले सहायता बन्द गर्न नहुने उनको माग छ।

शनि, मंसिर १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...

प्रदेशस्तरिय वृहत बाल महोत्सव समापन

दमक,२१ माघ । झापाको दमकमा गत माघ १७ गते देखि शुरु भएको प्रदेशस्तरिय पाँच दिने वृहत बाल महोत्सव सोमबार समापन भएको छ ।वालमैत्री स्थानीय सरकार, हामी सवैको साझा सरोकार भन्ने नारासहित दमक नगरपालिकाको आयोजनामा सञ्चालित...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...

दमकका कांग्रेस समर्थित उद्योगी,व्यवसायीहरु संगठित

दमक,१८ माघ । नेपाली कांग्रेस निकट दमकका उद्योगी,व्यवसायीहरु संगठित भएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा आज वनभोजसहितको उद्योगी,व्यवसायीहरुको वृहत भेलाले ववरजंग थापा ( किरण ) को संयोजकत्वमा लोकतान्त्रिक उद्योग वाणिज्य संघ दमक गठन गरेका...

मेची पुल उद्घाटन : ६६ वर्षदेखिको सपना पूरा

भद्रपुर,१७ माघ । बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची...