ट्याक्टर पल्टिदा दुईको मृत्यु

हाम्रो दमक

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर दुर्घटनामा परेर चालक र सहचालकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा इलाम, माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर ३ का २८ बर्षिय नविन कुरुम्बाङ्ग र सहचालक धनकुटा जिल्ला चौवीसे गाँउपालिका ८ घर भएका २२ बर्षिय गोकुल लिम्बु रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा परेर गंभीर भएका दुवैंको दमकस्थित लाइफलाइन अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

पाँचथरको रविबाट दमक तर्फआउदै गरेको अदुवा बोकेको को .१ त ८०२५ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । राति १२ वजेतरि भएको दुर्घटनाबाट मालवाहक ट्याक्टर सडकदेखि १ सय ५० फिट तल खसेको थियो ।

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...

घर निर्माणमा जापानीज विद्यार्थीहरुद्धारा श्रमदान

गौरीगञ्ज ,३ फागुन ।   झापाको गौरीगञ्ज गाउँपालिकाका वार्ड नं ६ दमाई डाँडाका दलबहादुर नेपालीको घर निर्माणमा जापानीज विद्यार्थी हरूले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविटेड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित...

दमकमा नगर प्रहरीलाई तालिम शुरु

दमक ,२ फागुन । दमक नगर प्रहरीलाई क्षमताशील वनाउन उद्देश्यले बुधबारदेखि यहाँ एक महिने तालिम शुरु गरिएको छ । नगर प्रहरीको दैनिक कार्यसम्पादनमा सघाँउ पुरयाँउन नगरपालिकासहित इलाका प्रहरी कार्यालय दमकले तालिम सञ्चालन गरेको हो...