थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

सरकारले इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई

हाम्रो दमक

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई ।


राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।जुन एक साता ढिला गरि बिहिबार मात्र सार्बजनिक गरिएको थियो ।

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ पनि हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।उनिसँग अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ ।

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...