एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो ।

हाम्रो दमक

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ ।

राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।जुन एक साता ढिला गरि बिहिबार मात्र सार्बजनिक गरिएको थियो ।

उनलाई तीन साताको म्याद दिएर यस्तो निर्णयमा पुगिएको स्रोतले जनाएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन ।

सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो ।

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...

प्रदेशस्तरिय वृहत बाल महोत्सव समापन

दमक,२१ माघ । झापाको दमकमा गत माघ १७ गते देखि शुरु भएको प्रदेशस्तरिय पाँच दिने वृहत बाल महोत्सव सोमबार समापन भएको छ ।वालमैत्री स्थानीय सरकार, हामी सवैको साझा सरोकार भन्ने नारासहित दमक नगरपालिकाको आयोजनामा सञ्चालित...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...

दमकका कांग्रेस समर्थित उद्योगी,व्यवसायीहरु संगठित

दमक,१८ माघ । नेपाली कांग्रेस निकट दमकका उद्योगी,व्यवसायीहरु संगठित भएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा आज वनभोजसहितको उद्योगी,व्यवसायीहरुको वृहत भेलाले ववरजंग थापा ( किरण ) को संयोजकत्वमा लोकतान्त्रिक उद्योग वाणिज्य संघ दमक गठन गरेका...

मेची पुल उद्घाटन : ६६ वर्षदेखिको सपना पूरा

भद्रपुर,१७ माघ । बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची...