संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५



  • श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो।

    राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हलाहल भएको हो। यो क्रमका आधा घण्टासम्म चलेको श्रीलंकाली संचार माध्ययमहरुले जनाएका छन।

    संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए। राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ।

    संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए। उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावी गरेका छन् ।

    करिब तीन दर्जन सांसदबीच झडप भएको थियो। धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए। राजपक्षका पक्षधर सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टा प्रहार गरेका थिए।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology