काममा निदाएको समेत पैसा दिने यस्तो अचम्मको कम्पनी !

  • प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५



  • तपाइ कुनै कम्पनीमा कार्यरत हुनुहुन्छ भने तपाइलाई काम गरेबापत रकम दिन्छ तर संसारमा यस्ता कम्पनिहरु पनि छन् जुन कम्पनीले सुतेबापत आफ्ना कर्मचारीलाइ रकम भुक्तानी गर्दछन् ।

    तपाइलाई यो कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर अब तपाईले यो कुरालाई पत्याउनु पर्छ । किन भने जापानमा एउटा यस्तो कम्पनी छ । जस्ले आफ्ना कर्मचारीहरुलाई सुतेबापत रकम भुक्तानी गर्छ ।

    जापानको क्रेजी इंक नामक एक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिन्छ । कम्पनीले सबै कर्मचारीलाई नम्बर दिन्छ ।

    सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

    कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ ।

    जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

    सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् । एजेन्सी

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology