एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सर्बोच्च सम्मान !

हाम्रो दमक

काठमाडौं । मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो।

सन् १९९१ को नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला नोबल पुरस्कार जितेसँगै मानवअधिकार र शान्तिका लागि सुकी विश्वव्यापी विम्ब नै बनिन्। लामो अवधिको निर्वासन, जेल र नजरबन्दको जीवन गुजारी आफ्नै देशभित्र प्रजातन्त्र प्राप्तिका लागि संर्घष गर्दै आएकी थिइन । आफ्नै घरमा नजरबन्दमा रहेको अवस्थामा सुकीलाई एम्नेस्टीले सर्बोच्च सम्मान प्रदान गरेको थियो।

सुकीले सन् २०१७ अगस्टमा रखाइन प्रान्तमा रोहिंगा मुस्लिममाथि भएको शाक्ति प्रयोगमा मौन बस्दै सरकारी सेनाको अमानवीय व्यवहारलाई सर्मथन दिएको भन्दै सुकी विश्वव्यापी आलोचना भइरहेको छ। आलोचनाकै बीच एम्नेस्टीले सर्बोच्च सम्मान फिर्ता लिएको जनाएको हो।

गत अगस्टमा संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययनले म्यानमारका सेनाका उच्चअधिकारीहरुलाई अन्तरराष्ट्रिय अदालतमा उभ्याउनुपर्ने औल्याएको थियो। सेनाको कारबाहीका कारण ७ लाख भन्दा धेरै रोहिंग्याहरु बंगलादेशको सिमातर्पm खेदिएका उक्त प्रतिवेदनमा औल्याइएको थियो। उक्त प्रतिवेदनले पनि म्यानमारमा जातीय संहारको नियतले आमहत्या गरिएको औंल्याएको थियो। रोहिंग्यामाथि बलात्कार, हत्या र संभावित जातीय नरसंहारको अवस्थामा पनि सुकीले केही गरिनन् र सेनाको आलोचनसमेत गर्न नसकेको दोष उनका पूर्व प्रसंशकहरुले नै लगाएका छन्।

एमनेस्टी इन्टरनेशनलका सचिव जनरल कुमी नाइडुले म्यानमारका नेतालाई पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिएको बीबीसीले जनाएको छ । सुकी म्यानमार सरकारको नजरबन्दबाट मुक्त भएको आठ वर्ष पुगेकै दिन एमनेस्टीले सर्वोच्च सम्मान फिर्ता लिइएको जानकारी दिएको छ।

रोहिंग्या मुद्दामा सुकीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै यस अघि क्यानडाको संसदले पनि सुकीलाई दिइएको मानार्थ नागरिकता फिर्ता लिने निर्णय गरिसकेको छ।उनलाई दिइएको शान्तिका लागि नोबेल पुरस्कार पनि फिर्ता लिइनुपर्ने आवाज केही संघ संस्थाले उठाउँदै आएका छन्।

सुकीले रोयटर्सका २ पत्रकारलाई म्यानमारको अदालतले ७ वर्षका लागि जेल सजाय पठाएको आदेशको पनि बचाउ गर्दै आएकी छन्। सुकीका अनुसार यो मुद्दा विचार र अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार नै राख्दैन। म्यानमारमा औपनिवेशिककालिन कानुनका आधारमा मानव अधिकारवादी तथा विरोधीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको भन्दै आलोचना गरिरहेका छन्।

सुकीलाई एमनेष्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको ठीक २० वर्षपछि एमनेस्टीले ७३ वर्षीया सुकीलाई सर्वोच्च सम्मान दिएको थियो। यसअघि एमनेस्टीको उक्त सर्वोच्च सम्मान नेल्सन मन्डेलाले पाएका थिए।

मङ्ल, कार्तिक २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय खबर बाट अन्य

अमेरिका र इरान युद्धतर्फ !

बीबीसी । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव निकै जोखिमपूर्ण बिन्दूमा आइपुगेको छ । पछिल्ला कदमलाई हेर्दा दुई राष्ट्र युद्धको मुखमा आइपुगेकोजस्तो देखिन्छ । केहीले दुई राष्ट्रले भित्रभित्रै युद्धको तयारी गरिरहेको आशंका व्यक्त गरेका...

अभिनाश प्रतियोगिताकै उत्कृस्ट खेलाडी, करन बने प्लेयर अफ द म्याच

काठमांडौ । युएईलाई तेश्रो टि-२० मा १४ रनले पराजित गर्दै नेपालले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको छ। वर्षको कारण १० ओभरमा छोट्याईएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १०४/८ को योगफल तयार...

लिम्बुवान नागरिक समाज बेलायतको अध्यक्षमा वनेम

बेलायत, ७ माघ । लिम्बुवान नागरिक समाज बेलायतको चौथो महाधिवेशनले छत्र वनेमलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको छ । वनेम यसअघि समाजका महासचिव थिए । शनिबार आसफोर्डमा भएको महाधिवेशनले वनेमको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन...

श्रीमतीले यौनसम्पर्क गर्न नदिएको झोँकमा चक्कुले काटे आफ्नै लिङ्ग काटेपछि..

एजेन्सी | भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । उनले आफ्नी श्रीमतीको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमतीले सम्भोग गर्न नदिएपछि घाँसी राम नाम गरेका ब्यक्तिले रिसको...

मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एकको मृत्यु

फ्रान्स । इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

संसदबाट प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित !

कोलम्बो । श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष विरुद्ध परेको अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेना नियुक्त राजापाक्षलाई अश्विकार...

पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो...

गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु !

अफगानिस्तान। अफगानिस्तानमा शुक्रबार भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । घटना अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस...

राष्ट्रपतिद्वारा एक्कासी संसद भंग,नयाँ चुनावको घोषणा !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् ।संसद भंग गरेर उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन्  । प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय...