हाम्रो सोच, शरीर र स्वास्थ्य

रमेश ढकाल

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको उत्तर ठ्याक्क सम्झन हामीलाई त्यति सहज भने हुँदैन। तर पनि समग्रमा यसको उत्तर अनुमान गर्ने हो भने शायद जतिखेर मानिसहरु हामीले अपेक्षा गरेअनुरुप हामीसंग ब्यवहार गर्छन् अथवा प्रस्तुत हुन्छन् त्यो समयरदिन हामी खुशी हून्छौँ अनि जुन समयरदिन मानिसहरु हामीले अपेक्षा गरेअनुरुप हामीसंग ब्यवहार गर्दैनन् अथवा प्रस्तुत हुदैनन् हामी दुखी हुन्छौँ। अर्थात सामन्यतया हामी भित्र उत्पन्न हुने सुख वा दुस्खको अनुभुती प्राय गरेर अरुले हामीसंग गर्ने ब्यवहारमा आधारित हुने गर्छन् भनेर भन्ने हो भने शायद गलत नमानिएला।

उदाहरणका लागि हामीले दैनिक रुपमा काम गर्ने कार्यालयमा होस्, हाम्रो आफ्नै घर परिवार भित्र होस् या अन्य कहीं पनि। हाम्रो दैनिक दिनचर्यामा हामी जती पनि मानिसहरुलाइ भेट्छौँ कुरा गर्छौँ। उनिहरु सबैको ब्यावहार हाम्रो अपेक्षा अनुरुप होस् भन्ने एकखालको धारणा कहीं न कहीं हाम्रो मन भित्र लुकेर बसेको हुन्छ। यस्तो अवस्थामा यदि कसैको ब्यावहार हामीले अपेक्षा गरे अनुरुपको भएन भने हामी दुखी बन्छौँ अथवा उसको त्यस्तो ब्यावहारले हामी भित्र कहीं न कहीं दुस्खको अनुभुति हुने गर्छ।

त्यस्तै यदि कोही हामीले भनेको मान्दैन, सुन्दैन, टेर्दैन अथवा हाम्रा कुरालाई बेवास्ता गर्छ भने त्यो अवस्थामा हामीलाई रिस उठ्छ, नरमाइलो लाग्छ, मनमा पीडा हुन्छ, आदि। यस्तो अवस्थामा हामी जे जस्ता प्रतिक्रियाहरु देखाउछौँ तिनिहरु प्राय हाम्रो नियन्त्रणमा हुदैनन्। अर्थात यस्तो अवस्थामा हाम्रा प्रतिकृयाहरु प्राय अनियन्त्रित हुने गर्छन्। यसको मतलब हाम्रो दिमागमा निर्माण हुने प्रतिकृयाहरु अथवा हाम्रा स्वभावहरु अरुले हामी संग कसरी व्यवहार गर्छन् त्यसमा आधारित हुन पुग्छन्, हैन तरु

यदि यसो हो भने अथवा यसलाई स्विकार गर्ने हो भने, आफुलाई स्वयम कमजोर बनाउनका लागि यो भन्दा ठुलो बेवकुफी सम्भवतः हामी अर्को कुनै नगरौँला। हाम्रो यस्तो सोचले हामीलाई पूर्णतया शक्ति हिन बनाउने छ। जब हामी शक्ति हिन बन्छौँ, हाम्रो सोच हाम्रो आफ्नो नियन्त्रणमा रहदैन। त्यस पछि हाम्रो बोली पनि आफ्नो नियन्त्रणमा रहदैन। जस्तो, उसले मसंग यस्तो कुरा गर्‍यो त्यतिखेर मलाई रिस उठ्नु त स्वभाविक थियो। उसको त्यस्तो स्वभावका कारण म त्यस्तो बोल्न बाध्य भए अर्थात त्यो अवस्थामा मैले त्यस्तो बोल्नु स्वभाविक थियो। म संग त्यो बेला त्यसो गर्नुको अर्थात रिसाउनुको अर्को कुनै विकल्प नै थिएन, आदि भनेर हामी आफ्नो अनियन्त्रित प्रतिकृयालाई उचित सिद्ध गर्ने प्रयास गरिराखेका हून्छौँ।

यहाँ हामीले थाहपाउनु पर्ने दुईटा महत्वपूर्ण कुरा छन्। पहिलो, त्यस्तो अवस्थामा म रिसाउनु अथवा मलाई रिस उठ्नु स्वभाविक थियो। दोश्रो, त्यस्तो अवस्थामा म स्वभाविक रुपमा नभएर सचेतताका साथ अर्थात मेरो आफ्नै इच्छाररोजाइ अनुसार रिसाएको जस्तो मात्र पनि गर्न सक्ने थिए ९पहिलोको विकल्प०। यि दुईटा अवस्थामा के भिन्नता हुन सक्लारु

पहिलो अवस्थामा ऊ भित्र आफ्नो प्रतिकृया छनौट गर्ने शक्ति नभएको अर्थात ऊ कमजोर भएका कारणले रिसाएको हुन्छ। दोश्रो, ऊ भित्र प्रतिक्रिया छनौट गर्ने शक्ति हुन्छ ९ऊ नरिसाउन पनि सक्छ० तर आफु भित्रको शक्तिको प्रयोग गर्दै ऊ जानिजानि रिसाएको जस्तो मात्र पनि गर्न सक्छ। जब कोही जानिजानि अथवा सचेतताका साथ रिसाउछ, यसले ऊ भित्र त्यस्तो धेरै हानि पुर्याउदैन। किनकी यो उसको आफ्नो रोजाइ हो र यो पूर्णतय उसको नियन्त्रण भित्र हुन्छ। तर जब कोही अरुकसैको ब्यवहाररआचरणका कारण अनियन्त्रित भएर रिसाउछ, यसले ऊ भित्र गम्भीर समस्या पनि पैदा गर्न सक्छ। किनकी यो उसको रोजाइ होइन, उ त्यतिखेर कुनै विशेष परिस्थिति बाट नियन्त्रित भएर रिसाइ राखेको हुन्छ। उ आफ्नो नियन्त्रणमा हुँदैन।

जब कसैको सोच, बोली, आचरण उसको नियन्त्रणमा रहदैन अर्थात ऊ शक्ति हिन कमजोर बन्छ। तब ऊ यस्तो जीवन जिउँन बाध्य हुनेछ जहाँ ऊ कस्तो महसुस गर्छ भन्ने कुराको निर्णय ऊ स्वयमले नगरेर अरु कोही अथवा उसको वरपरको परिस्थिति, अरु मानिसहरुको स्वभाव आचरण तथा बाहिरी मौसम, समाचारहरु, आदिले गर्ने छन्। ऊ आफ्नो चाहना अनुरुपको विचार तथा भावना सिर्जना गर्नका लागि आफ्नो आन्तरिक शक्तिको प्रयोग गर्न असक्षम बन्छ। यस्तो अवस्थामा बाहिरी संसार त त्यसै पनि उसको नियन्त्रणमा हुँदैन नै, संगसंगै उसको आन्तरिक संसार ९उसको सोच्ने क्षमता० पनि उसको नियन्त्रणमा रहदैन।

अब कल्पना गर्नुस्, जब हामी आफ्नो आन्तरिक र बाह्य यि दुइटै संसारमा आफ्नो नियन्त्रण गुमाउछौँ, त्यस पछिको हाम्रो जीवनको अवस्था कस्तो हुन्छ होलारु त्यो अस्तव्यस्तता तथा भयावह अवस्थाका बारेमा मैले यहाँ केही लेखी राख्नु पर्दैन, तपाईंहरु आँफै पनि अनुमान लगाउन सक्नु हुनेछ।

त्यसैले आज बाट एउटा संकल्प गरौँ, ूबाहिरी दुनियाँको परिस्थिति जस्तो सुकै प्रतिकूल किन नहोस् तर त्यस विरुद्धको हाम्रो प्रतिक्रिया अथवा हाम्रो मन भित्र सिर्जना हुने भावना कुनै परिस्थितिबस नभएर हाम्रो आफ्नै रोजाइरइच्छा मुताबिकको हुनेछू।

जब हामी भित्र उत्पन्न हुने भावनाहरु हाम्रो रोजाइरइच्छा मुताबिकका हुनेछन्। यसको जिम्मेवार पनि अरु कोही नभएर हामी स्वयम हुनेछौँ र यसको नियन्त्रण पनि हाम्रो आफ्नै रोजाइरइच्छा मुताबिक नै हुनेछ। यो अवस्थामा कदाचित् कुनै अप्रिय भावना हाम्रो मन भित्र पलायो नै भने पनि त्यसको प्रभाव कतिन्जेल पर्ने भन्ने कुराको नियन्त्रण हामी आफुमै निहित रहने छ। अझ त्यस्तो अप्रिय भावना आफु भित्र पलाउन दिने कि नदिने भन्ने कुराको नियन्त्रण पनि हामी आँफैमा निहित रहने छ।

हामी सबैले बुझेकै कुरा हो, हामी भित्र निर्माण हुने हरेक सोचको सीधा सम्बन्ध हाम्रो भावनासंग हुने गर्छ। अर्थात हाम्रो सोचले हाम्रो भावनालाई सीधा रुपमा असर गरिराखेको हुन्छ। प्रभाव पारिराखेको हुन्छ। यस पछि यसको असर हाम्रो सिंगो शरीरमा पनि पर्ने गर्छ। त्यसैले हामीले सकारात्मक सोचको निर्माण गरेऔँ भने हाम्रो शरीरमा पनि त्यसको सकारात्मक नै असर पर्ने छ। तर यदि हामीले नकारात्मक सोच निर्माण गरेऔँ भने त्यसको नकारात्मक असर पर्ने छ। जब हाम्रो शरीरमा नकारात्मक सोचको प्रभाव बड्ने छ, यसले विभिन्न रोगहरू जस्तै बल्डप्रेसर, सुगर, डिप्रेसन लगायतका थुप्रै रोगहरु निम्त्याउने छ अथवा यस्ता रोगहरु निम्त्याउन मदत गर्ने छ।

हामीले सधैं याद गर्नु पर्ने एउटा अत्यन्तै महत्वपूर्ण कुरा के हो भने मानिसहरुले हामीलाई शारीरिक, आर्थिक र सामाजिक रूपमा जस्तो सुकै चोट, हानि नोक्सानीहरु पुर्याउँन सक्लान्। हामीलाई धोका दिन सक्लान्, हामी संग बेईमानी पनि गर्न सक्लान्, हाम्रो शोषण गर्न सक्लान्। तर भावनात्मक रूपमा भने हामीलाई कसैले कुनै पनि प्रकारको चोट अथवा हानि नोक्सानी पुर्याउँन सक्दैन। अर्थात मानिसहरुले बाह्यरुपमा हामीलाई जेसुकै पनि गर्न सक्लान् तर भावनात्मक रूपमा भने हामीलाई कसैले कुनै पनि प्रकारको असररप्रभाव पार्न सक्दैनन्। जतिखेर सम्म हामी स्वयम त्यस्ता कुराहरु बाट प्रभावित हुँदैनौँ, त्यस्ता भावनाहरु हामी भित्र स्वयम सिर्जना गर्दैनौँ।

हामी भित्र कसैलाई क्षमा गर्ने, कसै माथि भरोसा गर्ने, कसैलाई निसर्त स्वीकार गर्ने, माया गर्ने आदि लगायतका हरेक पावर अर्थात शक्तिहरु निहित छन्। यदि हामीले यि शक्तिहरुको प्रयोग गरेनौँ भने, यि सबै शक्तिहरु त्यतिकै नष्ट भएर जानेछन्। परिणाम हामी आन्तरिक अर्थात मानसिकरभावनात्मक रूपमा कमजोर पर्ने छौँ।

त्यसैले हामी भित्र निहित सबै शक्तिहरुको भरपुर प्रयोग गरौँ। हामी सक्तिशाली बनौँ। जिन्दगी जिउने क्रममा जतिसुकै कठिन पारिस्थितिहरु आइपरे पनि दोष कसैलाई नलगाऔँ। परिस्थिति बाट हामी नियन्त्रित भएर कम्जोर हुने हैन बल्कि हाम्रो प्रभावले परिस्थितिलाइ नियन्त्रण गरौँ र आफ्नो अनुकूल बनाउने प्रयास गरौँ। यसो गर्न सकेको खण्डमा हाम्रो जीवन सधैं स्वस्थ र खुसहाल रहने छ। हाम्रो घरपरिवार र समाजमा सधैं सुख, शान्ति, सद्भाव, समझदारी र एकता कायम रहनेछ। ९स्रोतस् ुवान इकुएसन टु मेनेज योर फिलीङ्स्ु ( मोटिभेसनल टकिङ प्रोग्राम०।

भद्रपुर-झापा, हाल: दोहा-कतार

मङ्ल, कार्तिक २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...