फेसबुकले ल्यायो टिकटकलाई चुनौति दिने यस्तो एप


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५


  • काठमाडौँ । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम बिककय रहेको छ ।

    फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

    यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

    फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

    फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्ट बाट यो एपमा लगइन गर्न सक्दछन् ।

    अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् । निकट भविष्यमा लास्सोबाट इन्स्टाग्राममा पनि भिडियो शेयर गर्ने फिचर फेसबुकले थप गर्ने बताएको छ । एजेन्सी

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology