हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

हाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ ।

हाम्रो दमक

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।

हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।

उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहनुभएको थियो ।

कात्तिक १६ गते शुक्रबार उहाँले राजधानीको उत्तरपूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गर्नुभएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।

धिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा प्रदेशसभा सदस्य फुयाँलले राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको थियो । चलचित्र विकास बोर्ड, चलचित्र छायाँकार सङ्घलगायत संस्थाले पनि आ–आफ्ना झण्डा ओढाइ उहाँप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

स्व धिमालका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्तिम इच्छा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने भएकाले त्यो पूरा गर्न लागिपर्ने प्रदेशसभा सदस्य फुयाँलले प्रतिबद्धता जनाउनुभयो ।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

रवि ओड बने नेपाल आइडल

काठमाडौं,६ पुस । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।   यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

हिमशिखर डान्स आइडल–२ हुने

दमक, २९, मंसिर । दमकमा रहेको हिमशिखर मिडिया प्रालिले राष्ट्रिय स्तरको हिमशिखर डान्स आइडल –२०७५ आयोजना गर्ने भएको छ । टिभीको यस आइडल दोश्रो संस्करण हो । लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले हिमशिखर मिडिया...

झापा गोलधापका खडका कलाकार बन्ने सपनालाई साकार बनाउदै चलचित्र प्रेमलिलामा

काठमाडौ | झापा गोलधापका मौसम खडका यतिबेला बाल्यकाल देखिको कलाकार बन्ने सपनालाइ साकार बनाउदै ठूलो पर्दामा उडान भर्दैछन । खड्का यहि माग २५ गते रिलिज मिति तय भएको नेपाली चलचित्र प्रेमलिलाका डेब्यु नायक हुन...