प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

हाम्रो दमक

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ ।

गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान चियापान साथै ऐतिहासिक स्थल जेरुसेलमको भ्रमण समेत आयोजना सम्पन्न गरेको छ ।

इजरायलमा रहेका नेकपामा आस्था राख्ने तथा नेपालीहरुबीच भाइचारा, सहयोग र सामीप्यता वृद्धि गर्दै एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नोभेम्बर ९ तारिख इजरायलको तेलअभिवमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायतको बाक्लो उपस्थित रहेको थीयो ।

उपस्थितहरुलाई स्वगत मन्तब्य राख्दै मंचकि सदस्य ज्योति शर्माले कार्य ब्यस्थताको बाबजुत पनी उपस्थित हुनुभएकोमा सबैमा धन्यवाद ब्यक्त गरिन | नेपालीहरुको पर्व तिहार तथा छठको अवसर पारेर सम्पूर्ण नेपालीलाई एकै थलोमा उपस्थित गराएर हामीले एकताको सन्देश प्रवाह गर्न सफल भयौं’ आयोजक महिला बिभाग उपप्रमुख तथा कार्यक्रमका सभापति गीता सुबेदीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथिका अध्यक्ष तिर्थ गौतमले बिदेशमा रहेर पनि नेपालीहरुबीचको यसप्रकारको एकता अभुतपूर्व रहेको बताए । ‘हामी नेपाली विश्वकै जुनसुकै कुनामा बसेपनि मेलमिलाप र एकताको नमूनाको रुपमा चिनिनुपर्छ । कार्यक्रमले सबैलाई एकताको सन्देश दिएकोछ सम्पूर्णलाई हार्दिक धन्यबाद व्यक्त गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुबीच विशेष रहेको बताए । उनका अनुशार ‘यो कार्यक्रम किन पनि विशेष रह्यो भने इजरायलमा कुनै राजनितिक संस्थाले कार्यक्रम गरी इजरायलमा रहेका सबै भिन्न बिचार राख्ने राजनितिक संस्थाहरु समेतको सहभागितामा सबै माँझ एकता र सामीप्यताको सन्देश दिन सफल भएको कुरा ब्यक्त गरे । गौतमले कार्यक्रमले नेपालका सबै राजनितिक दलहरुलाई पनि देशका साझा मुद्दाहरुमा एक भएर अघि बढ्न विशेष सन्देस दिएको बताए ।

कार्यक्रमका विशेस अतिथी सङघिय समाज (नेफेसो) इजरायल अध्यक्ष पासाङनोर्बु शेर्पा, सलाहकार सुन्दर लामा तामांग, अन्तराष्ट्रिय नेपाली समाज इजरायल अध्यक्ष तेज श्रेष्ठ, एनआरएनए इजरायलकि ब.उपाध्यक्ष शान्ता ज्ञवाली, नमस्ते नेपाल सामाजिक सस्था ब.उपाध्यक्ष गणेश गिरी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संगठनकी सचिब लक्ष्मी अनुरागीले गरेकी थिइन भने इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिव राज खड्काले जानकारी दिए ।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२...

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८...

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...

नेफिन इजरायलको अध्यक्षमा काउचा

तेलअविव | नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न भएको छ । नेफिन इजरायलको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलको...