आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम गरिरहेको बताएता पनि पछिल्लो समय विकशित घटनाक्रमका कारण त्यस्तो सम्भाबन देखिंदैन ।

हाम्रो दमक

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम भइरहेको बताएता पनि पछिल्लो समय विकशित घटनाक्रमका कारण त्यस्तो सम्भाबन देखिंदैन ।

सचिवालय बैठकले कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टी सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक समेत बस्न सकेको छैन ।

यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भएपनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । स्थायी कमिटी बैठक सार्ने निर्णयमाथि नेताहरुको नै असहमति रहेको थियो। एकताको पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच नकारात्मक टिकाटिप्पणी हुन् थालेको छ ।

पछिल्लो समय पार्टी एकतालाई एकता प्रक्रिया समयमै सम्पन्न नहुँदा सरकारको कामकाज समेत प्रभावकारी हुन नसकेको भन्दै सरकारको काम कारवाहीसँग समेत तुलना गरेर हेर्ने गरिन्छ ।

पार्टी भित्रकै कतिपय कारणले कार्यदलले गृहकार्य गरी प्रतिवेदन तयार गर्न नसक्दा यही कात्तिक ८ गतेपछि सचिवालय बैठक समेत बस्न सकेको छैन । कार्यदलको प्रतिवेदनलाई सचिवालय बैठकमा प्रस्तुत भएपछि अनुमोदन गरेर स्थायी कमिटी बैठकमा प्रस्तुत गराउने तयारी गरिएको छ ।

आइत, कार्तिक २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...