कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्दै प्रदेश-१ सरकार

हाम्रो दमक

झापा । १ नम्बर प्रदेश सरकारले चाडबाडको अवसरमा आउँदो कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

प्रदेशका कार्यवहाक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै यसअघि कार्तिक २६ गते गर्ने भनिएको महोत्सव २ दिन पर सारिएको र भव्य ढंगले गर्ने बताउनु भयो । प्रदेश १ को अस्थायी राजधानीको रुपमा रहेको विराटनगरमा छैठ पर्वको महत्व अझै धेरै भएको कारण छटको अन्त्यसँगसँगै महोत्सव आयोजना गरिएको र यस खाले पर्वले राष्ट्रियता र सामाजिक सद्भाव लाई अझै एकताबद्ध बनाउने पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको सबै साझा पर्व महोत्सवको रुपमा कार्यक्रम गर्न लागिएको बताउनु भयो । महोत्सवका अवसरमा मोरङका विभिन्न स्थानीय तहबाट विभिन्न खाले झाँकी तथा नृत्य प्रस्तुत हुने पनि उहाँले जानकारी दिनुभयो ।

सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपाश्री निरौला। विल्सन विक्रम राई (तक्मे बुढा), सुमित खड्का, मैथिली भाषी कलाकार ललितकुमार र संगीतालगायतले सहभागीता जनाउने बताइएको छ । महोत्सवमा ४ हजार बढीलाई निम्तो बाँडिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त महोत्सव विराटनगरस्थित आदर्श विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम कार्य संचालन उपसमितिका संयोजक उपेन्द्र दाहालले जानकारी दिनुभयो ।

शनि, कार्तिक २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

तेह्रथुममा भेटिए अष्ट्रेलिया जान लागेका सुदीप !

चितवन । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा शनिवार तेह्रथुममा फेला परेका छन् । कात्तिक २६ गते विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनारायणगढबाट बेपत्ता भएका थिए...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

रोटरीद्वारा १० लाख रुपैयाँ राशिको‘गोपाल–कमला राजभण्डारी अवार्ड फर भोकेशनल एक्सीलेन्स’का लागि आवेदन खुल्ला

काठमाडौं । रोटरीले प्रत्येक दुई÷दुई वर्षको अन्तरमा प्रदान गर्दै आएको ‘गोपाल–कमला राजभण्डारी अवार्ड फर भोकेशनल एक्सीलेन्स’ अवार्डका लागि आवेदन खुल्ला गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी रोटरीले अवार्डका बारेमा जानकारी गराएको हो ।...

सातै प्रदेशका रोजगारदाता अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने !यसरी हुन् सकिन्छ सुचिकृत

काठमाडौँ। सामाजिक सुरक्षा कोषले मुलुकभरका रोजगार दाताहरुलाई कोषमा अनिवार्य सूचीत हुन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९...

सामान्य प्रशासन मन्त्री भन्छन -‘ पुस सम्ममा कर्मचारी समायोजनको काम सकिन्छ’

विराटनगर, २७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामि पुससम्ममा कर्मचारी समायोजनको काम सक्ने गरी सरकारले तयारी गरेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले पुस मसन्तभित्र...

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

 धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारी बर्खास्तमा परेका छन्। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो। उनलाई पदबाट हटाएर...

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

सरकारले किन गरेन आइतबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक ?

काठमार्डौं । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र युएईका लागि नेपाली राजदूत सिफारिस गर्यो । तर, यति महत्वपूर्ण निर्णय पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेन । यो निर्णय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...