अब गाईको पनि जन्म, बसाँइसराइ र मृत्यु दर्ता गर्नुपर्ने !

हाम्रो दमक

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । गाईको जन्म, बसाइ सराइ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्तासमेत पाउँछन् ।

तिलोत्तमा नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना रोक्न र किसानको बालीनालीमा नोक्सानको समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो ।

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चसमेत उपलब्ध गराउने भएको छ । गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने सोच नगरपालिकाले बनाएको उनले बताए ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगरसभाको बैठकबाटै यस्तो नीति लिइएको हो ।

अब नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ । तिलोत्तमामा व्यवसायीक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ ।

नगरपालिकाले नेपाल सरकारको पशु बीमा कार्यक्रम अन्तर्गत बीमा गर्ने किसानलाई बीमाको ५० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

शनि, कार्तिक २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कृषि/किसान बाट अन्य

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य...

दमकलाई पोल्ट्रिको नगरी वनाउने

दमक,१६ पुस । दमकलाई पोल्ट्रि उद्योगको संभावना भएको नगरीका रुपमा अघि सारिएको छ । देशकै ठुलो मानिएको चितवनको पोल्ट्रि उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न पोल्ट्रि उद्योगीहरुले चासो देखाएका हुन् । अण्डा उत्पादक व्यवसायी...

कृषि क्षेत्रलाई आधुनिकरण गर्न मन्त्री कार्कीको जोड

गौरीगञ्ज, ९ पुस । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई आधुनिकरण गर्न आवश्यक रहेको बताएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका –६ स्थित तल्लो रामचन्द्रे सिचाई...

माङमालुङ्ग चियाको तीनदिने बार्षिक साधारणसभा

दमक , पुस ६ । माङमालुङ्ग चिया बगान लिमिटेड इलामले आफनो २३ औं वार्षिक साधारण सभाको तयारी भइरहेको जनाएको छ । माङमालुङ्गले पुस १४ गते देखि १६ गते सम्म चल्ने साधारण सभाको लागि पत्रचार ,स्वास्थ्य...

झापामा धान उत्पादनमा वृद्धि

दमक,१ पुस । झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि...

कृषकहरुलाई कृषि औजार वितरण

केर्खा ,२८ मंसिर । झापाको कमल गाउँपालिकाले अगुवा कृषकहरुलाई आधुनिक कृषि औजार वितरण गरेको छ । शुक्रवार गाँउपालिका कार्यालयमा एक कार्यक्रमका वीच कृषकहरुलाई कृषि औजारहरु बितरण गरिएको हो । गाउँपालिकालाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीक बनाउने...

उदयपुरका कृषक व्यावसायिक सिस्नो खेतीमा आकषित

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१५ का कृषकले व्यावसायिक सिस्नो खेती गर्दै आएका छन् । सिस्नो खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले व्यावसायिक रुपमै सिस्नो खेती गर्नथालेका हुन् । साउनेका कृष्णमाया मगरले सिस्नो बिक्रीको समय शुरु...

अलैँची सखाप भएपछि निरास बन्दै भोजपुरका किसान

भोजपुर। अलैचीलाई आम्दानीको मुख्य श्रोतको रुपमा लिएर व्यावसायीक खेतीमा लागेका भोजपुरका अलैची कृषक निरास वनेका छन् । गाँना कुहिने, पात डढ्ने तथा फल नलाग्ने जस्ता कारणले अलैंची सखाप भए पछि किसान निरास वनेका हुन्...

बेलबारीका महिला सामुहिक तरकारी खेतीमा

मोरङ | मोरङको बेलवारी २ लालभित्तीका महिलाहरु सामुहिक तरकारी खेतीमा लागेका छन । उनिहरुले हरिनारायण टोल महिला विकाश समुह गठन गरि सोहि समुह मार्फत सामुहिक तरकारी खेतीमा लागेका हुन । स्थानीय ३५ जना महिलाहरु आवद्ध...