जनताबाट लिएको कर जनतालाई नै अनुदान दिईन्छ,धनीहरुले रकम बाँडे जस्तो होईन : अर्थमन्त्री

वालाई अनुदान दिने रकम करबाट संकलन नगरे विदेशबाट ऋण लिनुपर्ने हुँदा देशलाई ऋणको भार नपरोस भनेर सरकारले यस्तो रणनीति लिएको स्पष्ट

हाम्रो दमक

बिर्तामोड। अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रि खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताएका हुन् ।

उनले भने -‘युवालाई बिदेश पलायन हुनबाट जोगाउन सरकाले लक्ष लिएको छ, सोही लक्ष पूरा गर्नकै लागि कर लिइएको हो, यो रकम जनताकै हातमा अनुदान आउँछ।युवालाई अनुदान दिने रकम करबाट संकलन नगरे विदेशबाट ऋण लिनुपर्ने हुँदा देशलाई ऋणको भार नपरोस भनेर सरकारले यस्तो रणनीति लिएको स्पष्ट पारे ।

पहिले स्वरोजगार कोषको रकम दुरुपयोग भएको बताउँदै उनले भने, ‘धनिमानीले नै कोषको रकम कसरी लिन सकिन्छ भनेर सहकारी बनाए अनि रकम लिए, आफन्तलाई बाँडेर दुरुपयोग गरे, यो सरकारलाई राम्ररी थाहा छ, यसलाई कहाँबाट चुक्कुल लगाउने सोचेरै कर्जा सम्बन्धि विभिन्न नियम सरकारले ल्याउन लागेको छ ।’

शनि, कार्तिक २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नेप्से भन्छ -‘कारोबार रकम तलमाथि परेको भन्ने हल्ला मात्रै हो’

काठमाडौं, २६ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको...

पेट्रोल पम्पमा अाँखाले नदेखिने र सिस्टमले पत्तो नपाउने सफ्टवेयरबाट हुन्छन अत्याधुनिक ठगि !

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने अत्याधुनिक सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा प्रतिलिटर ३\४ प्रतिशत सम्म...

विद्युत प्राधिकरण भन्छ -‘नयाँ उद्योगलार्इ विजुली दिन सक्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ आउने र क्षमता विस्तार भएका उद्योगलार्इ विजुली दिन नसक्ने जानकारी दिएको छ। अव वारा-पर्सा, विराटनगर, भैरहवा लगायतका औद्योगिक करिडरमा स्थापना हुने उद्योगलार्इ तत्कालै विजुली पाउने छैनन्। प्राधिकरणले विद्युत नदिएका...

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...

काराेबार खुलेको पहिलो दिन नै नेप्सेमा उच्च गिरावट !

काठमाडौं। तिहारपछिकाे काराेबार खुलेको पहिलो दिन नै नेप्से परिसूचक र कुल कारोबारमा उच्च गिरावट आएको छ।आईतबार नेप्से परिसूचक आज १७.३१ अंकले घटेर १२ सय ५.२२ कायम भएको छ। कूल कारोबार तर्फ भने ९ करोड ९४...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...

थाइल्यान्ड उपचार गर्न हिंडेका मुख्यमन्त्री कसरि सुटुक्क पसे अमेरिका ?

काठमाडौं । थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको सार्बजनिक भएको छ । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक...