आज भाइटीका : यस्तो छ शास्त्रीय मान्यता र भाइटीकाको धार्मिक एवं सामाजिक परम्परा

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

हाम्रो दमक

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उहाँले भन्नुभयो ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

शुक्र, कार्तिक २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

श्रीमद् भागवत महापुराण लगाउँदै जेष्ठ नागरिक सम्मान प्रतिष्ठान

दमक  । दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिस्ठानले आगामी पुराण लगाउने भएको छ । आगामी मंसिर २९ गते देखी पुस ७ गते सम्म प्रतिस्ठानको कार्यालयमा श्रीमद् भागवत महापुराण धनधान्यञ्चल महायज्ञ सञ्चालन हुने भएको हो । निर्माणाधिन...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको...

बौद्ध धर्मावलम्बीहरुको आर्यताराको व्रत बासिन हिमानी !

काठमाडौँ, १ मंसिर । पूर्व युवराज्ञी हिमानी शाह शनिबार बौद्ध धर्मावलम्बीहरुको एक कार्यक्रममा सहभागी भएकी छिन् । सानेपा ज्ञानमाला भजन संघले आयोजना गरेको उक्त कार्यक्रममा राजतीर्थमा आज हिमानीले आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै...

नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...