बोक्सीकै आरोपमा फेरि कुटिइन् कैलाली घोडाघोडीकी राधा चौधरी !

यसअघि बोक्सीकै आरोपमा राधालाई भोलेबाबा भनिने रामबहादुर चौधरीले ७ घण्टासम्म मरणासन्न हुनेगरी  कुटपिट गरेका थिए ।

हाम्रो दमक

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाकी राधा चौधरीमाथि फेरि बोक्सीको आरोपमा कुटपिट भएको छ। गत फाल्गुनमा अन्तराष्ट्रिय महिला दिवसका दिन मरणासन्न हुनेगरी कुटिएका राधा बुधबार फेरी कुटिएकी हुन् ।

स्थानीय काली चरण चौधरीले सामान्य विवादमा राधालाई गाली गरी बोक्सीको आरोप लगाउँदै कुट्पिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राधाकी आमासँग काली चरणको सामान्य विवादमा भए पछि राधाले त्यसो नगर्न भनेको निहुँमा बोक्सी भनेर उनलाई गाली गरी लठ्ठीले कुटपिट गरेको बताइएको छ।

कुटपिटमा संलग्नलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यसअघि बोक्सीकै आरोपमा राधालाई भोलेबाबा भनिने रामबहादुर चौधरीले ७ घण्टासम्म मरणासन्न हुनेगरी  कुटपिट गरेका थिए । हाल रामबहादुर सहित ३ जना कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

नालीमा डुवेर बालिकाको मृत्यु

दमक,२६ कार्तिक । पानीको नालीमा डुवेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ । दमक ५ मा डेरा गरि बस्ने शनि शाहको ४ बर्षिया छोरी शञ्चला शाहको सोमबार दिउँसो दिउँसो स्थानीय कामक्षा होटल मार्गको सडक...

आगलागी पीडित जोगीलाई रेडक्रसको राहत

पाडाजुंगी , २६ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ चाँजुका आगलागी पीडित तिलक बहादुर जोगीलाई रेडक्रसले राहत सामाग्री दिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले कम्बल,त्रिपाल,...

विष्णुकठ्ठा युवा परिवारको देउँसीभैली समापन

गेउरिया,२६ कार्तिक। कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा रहेको विष्णुकठ्ठा युवा परिवारले देउँसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । कलाकार टोलीलाई प्रंशसा पत्र प्रदान गरिदै आयोजक संस्थाले देउँसीभैलीबाट संकलित रकम सार्वजनिक गर्नुका साथै कलाकार टोलीलाई प्रंशसापत्र प्रदान...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

नवलपरासीमा बस पल्टिँदा २५ घाइते, तीनको अवस्था गम्भीर

काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा सोमबार बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...