अमेरिकाको प्रतिनिधिसभा चुनावमा विजयी भए नेपाली मुलका ह्यारी भण्डारी

ह्यारीले जुनमा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए ।

हाम्रो दमक

अमेरिका । अमेरिकाको मध्यावधि प्रतिनिधिसभाको चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् ।

नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल भएका छन् । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी सम्भवत पहिलो नेपाली हुन् ।

ह्यारीले जुनमा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।

गत प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८. १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

लिम्बुवान नागरिक समाज बेलायतको अध्यक्षमा वनेम

बेलायत, ७ माघ । लिम्बुवान नागरिक समाज बेलायतको चौथो महाधिवेशनले छत्र वनेमलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको छ । वनेम यसअघि समाजका महासचिव थिए । शनिबार आसफोर्डमा भएको महाधिवेशनले वनेमको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...