मुलुकमा ह्वातै बढ्यो सुरक्षा चुनौती ! हतियारसहित ब्यारेकबाट निस्किए १३ हजार नेपाली सेना !

सेनाले द्वन्द्वकालकै समयमा जसरि नियमित गस्ती थालेसँगै मुलुकको आन्तरिक सुरक्षा अवस्था अति नै संवेदनशील अवस्थामा पुगेको पुष्टि गरेको छ ।

हाम्रो दमक

काठमाडौँ। मुलुकभर सुरक्षा चुनौती बढेपछि हतियारसहित द्वन्द्वकालकै शैलीमा १३ हजार नेपाली सेना गस्तीमा निस्किन थालेका छन् । सेनाले सुरक्षा स्थिति जटिल बनेको निष्कर्ष निकाल्दै करिब १३ हजार सैनिक फौजलाई हतियारसहित नियमित गस्तीमा खटाएको हो ।

विभिन्न आपराधिक तथा पृथकतावादी समूहका गतिविधि ह्वात्तै बढ्न थालेपछि नेपाली सेनाले नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउन ३ तहको नियमित गस्ती सुरु हो ।

सेनाले द्वन्द्वकालकै समयमा जसरि नियमित गस्ती थालेसँगै मुलुकको आन्तरिक सुरक्षा अवस्था अति नै संवेदनशील अवस्थामा पुगेको पुष्टि गरेको छ ।

केही साता अघिमात्रै प्रधानसेनापति पूर्णचन्द्र थापाले पत्रकार समेलन नै गरेर आपराधिक तथा पृथकतावादी समूहका गतिविधि भइरहे सेना चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

गस्तीका क्रममा अन्य सुरक्षा निकायसँग समेत सुरक्षा व्यवस्थापनबारे समन्वय थालिएको सैनिक अधिकारीहरूले जनाएका छन् । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’, सीके राउत, अन्य जातिय तथा सशस्त्र समूहका आपराधिक तथा पृथकतावादी गतिविधि बढेको पाएपछि देशभर नियमित गस्तीमा फौज तैनाथ गराएको हो ।

सैनिक अधिकारीले यो गस्तीलाई अन्य सुरक्षा निकायलाई सहयोग पु¥याउन तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि भएको र यसलाई अन्यथा नलिन भन्दै यसबारे स्पष्ट पारेका छन् । सैनिक मुख्यालयले गस्ती अन्तर्गत १३ हजार ५ सय भन्दा बढी फौज खटिएको जानकारी गराएको छ ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...