यी कम्पनीहरुले पाए १ अर्ब ८८ करोडको आइपिओ बिक्रीका लागि अनुमति

हाम्रो दमक

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ ।

चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ । यस्तै प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात सङ्गठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन् ।

आवेदन दिएकामध्ये साधारण शेयर बिक्रीका लागि आवेदन दिएका गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले ताकेता गारो भएता पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । चालू आवको पहिलो त्रैमासमा ११ सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन् ।

गत आवको सोही अवधिमा १९ सङ्गठित संस्थाको निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए । सोही अवधिमा दुई सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका छन् । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ सङ्गठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा तीन लघुवित्त वित्तीय संस्थालाई रु १६ करोड ९० लाख रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ । त्यस्तै हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेका छ संस्थाको हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ ।

हकप्रद निष्काशनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेश नगरेको बोर्डको भनाइ छ । गत आवमा सोही अवधिमा जम्मा १४ कम्पनीलाई रु पाँच अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो । बोर्डले चालू आवको तीन महीनामा दुई सङ्गठित संस्थालाई रु तीन अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । गत आवको सोही अवधिमा ऋणपत्र निष्काशन गर्न कुनै पनि सङ्गठित संस्थाले निवेदन पेश गरेका थिएनन् ।

त्यसैगरी बोर्डले १७ सङ्गठित संस्थालाई रु पाँच अर्ब ७६ करोड रकम बराबरको बोनस शेयर दर्ता गर्न स्वीकृति दिएको छ । सार्वजनिक निष्काशन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटो छरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ तथा ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको पाँच दिनभित्र अनुमति दिने गरिएको छ ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

फाल्गुनन्द सहकारीको सातौ बार्षिकोत्सव सम्पन्न

दमक,३ माघ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । किरात भवनमा आयोजित उक्त बार्षिकोत्सवमा दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका...

चन्द्रदर्शन शाकोसको केर्खामा सेवा केन्द्र

 केर्खा ,३ माघ । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले केर्खा वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।विहिबार एक कार्यक्रमका बीच सेवा केन्द्रको गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले उद्घाटन गरे ।...

लगनशील कृषि सहकारीको भवन शिलान्यास

पाडाजुंगी ,३० पुस । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाको आज सोमबार भवन शिलान्यास गरिएको छ ।  १४ धुर १ पावा क्षेत्रफलमा निर्माण हुने भवनको वैद्धिक विधि अनुसार शिलान्यास गरिएको संस्थाका अध्यक्ष...

झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित

बिर्तामोड,२८ पुस ।  झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित भएका छन् । मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीहरु संगठित भएका हुन् । शनिबार भेलाको आयोजना गरी समिति समेत निर्माण गरेका छन् । भेलाले बद्री...

राष्ट्र बैंकको निर्देशन शनिबार पनि बैंकका शाखा कार्यालय खुला गर

काठमाडौँ, २७ पुस | नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने...